Advertisement
SKIP THIS

“राप्ती घर ” सञ्चालनको लागि ‘छक्का पन्जा ‘


सोल, रजतपटमा सर्वाधिक कमाइ गर्न सफल चलचित्र छक्का पन्जा सोलमा पनि प्रदर्शन गरिने भएको छ । प्रदर्शनको ५१ औ दिन मनाइसकेको छक्का पन्जालाई राप्ती समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो । राप्ती समाज दक्षिण कोरियाले “राप्ती घर ” को निरन्तर सञ्चालन र ब्यबस्थापन कार्यको  लागि नोभेम्बर 13 मा छक्का पन्जा प्रदर्शन गर्न लागिएको हो ।
कलिवुडको सफल नेपाली चलचित्र ” छक्का पन्जा” प्रदर्शनको तयारी पूरा भएको समाजले जनाएको छ । नेपालमा २४ मल्टीप्लेक्स हलहरुमा ५१ दिन पार गरेको चलचित्र “छक्का पन्जा” नोभेम्बर 13 आइतबर जोग्यसा गुम्बा हलमा प्रदर्शन गर्न लागिएको हो ।
चलचित्र हेरी मनोरञ्जन लिन र राप्ती समाजले गर्दै गरेको सामाजिक कार्यमा सहयोग गर्नुहुन कोरियाबासी नेपालीहरुलाई समाजले अनुरोध गरेको छ । देश विदेशमा सफल छक्का पन्जा हेर्नका लागि सबै नेपाली हरुको हात-हातमा टिकट पुर्याउने सक्दो प्रयास आफूहरुले गरेको समाजका महासचिव यज्ञमुर्ति पोख्रेलले स्पष्ट पारे ।
समाजका अनुसार फेन्थेकको आरती रेस्टुरेन्ट, सुवनको नारायणी प्यालेस, आन्सानको हिमालयन, सिस् महल र कान्तिपुर रेस्टुरेन्ट तथा तुङ्देमुनमा एभरेस्ट करी फुड र पूजा लक्ष्मी रेस्टुरेन्टबाट पनि टिकट लिन सकिने छ । १५ करोड बढी व्यापार गर्न सफल चलचित्र छक्का पन्जा हेर्नका लागि सोल मेट्रो लाइन एकको छोंग्गाक स्टेसन दुइ नम्बर गेटबाट बाहिरिएर दुइ सय मिटरको दुरीमा रहेको जोग्यसा गुम्बा प्रदर्शन हलमा पुग्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...