Advertisement
SKIP THIS

क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभल सम्पन्न


फोनिज कोरिया सम्वाददाता
छाङवन विश्वविद्यालयको परिसरमा रहेको खेलमैदान, शनिबार विभिन्न मुलुकबाट विवाह गरेर आएका दिदीबहिनीको परिवारसहित कोरियन नागरिकहरुको बाग्लो उपस्थितिले खेलमैदान झकिझकाउ देखिन्थ्यो । हरेक वर्ष घ्यङसाङनाम्दोले आयोजना गर्दै आएको क्यङनाम मल्टिकल्चरल फेमिली फेस्टिभलमा घ्यङसाङनाम्दोमा रहेका दर्जन भन्दा बढी बहुसाँस्कृतिक सहायता केन्द्र (धामुन्ह्वा सेन्टर)को सहभागिता रहेको थियो ।

14568057_10209328255657379_4147663954379472059_n
बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म भएको उक्त फेस्टिभलमा विभिन्न मुलुकको संस्कृति झल्कने भेषभूषा र झण्डासहित सहभागि विदेशी महिलाहरुले आआफ्नो प्रस्तुति पस्केका थिए । कार्यक्रममा धामुन्ह्वा बालबालिकाहरुसहित विभिन्न मुलुकका प्रतिभाशाली महिलाहरुको आकर्षक नृत्य सहित विभिन्न गीत तथा खेलहरु प्रस्तुत गरिएको थियो ।

14681868_10209328254577352_3077146570629522554_n
त्यसैगरी कार्यक्रम स्थलमा राखिएका विभिन्न स्टलहरुमा थाइल्याण्ड र कम्बोडियाको परम्परागत खानाकासाथमा भियतनाम र नेपालको कफि समेत राखिएको थियो । त्यस्तै बालबालिकाहरुका लागि विभिन्न खेल, फेस पेन्टिङ तथा नेल पेन्टिङ, फोटोलगायतका आकर्षक स्टलहरु राखिएका थिए ।

14907638_10209328254977362_853550742175203219_n
कार्यक्रममा कोरियाका चर्चित गायकगायिकाहरुले पनि गीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै कोरियाको परम्परागत खेल तेक्वन्दो र सिरमका साथमा फ्रि डान्स परफमेन्सका साथमा  साइकलसहित थुप्रै आकर्षक भाग्यशाली चिठ्ठा उपहार समेत प्रदान गरिएको थियो ।

14910306_10209328252057289_2977440625789006714_n

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फोनमनीको एक करोड विजेता मिलनलाई नगद पुरस्कार हस्तान्तरण
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...