कोरियामा सेलरोटी बेच्दै छात्रावृद्धी संकलनमा कमला


सउल

सेवा गर्न धन हैन मन चाहिन्छ । धेरैको सेवा गर्ने माध्यमहरु आ – आफ्नै छन । तर दक्षिण कोरियामा अध्ययनरत कमला साउदको भने अलि फरक छ । उनी आजकल आफ्नो परम्परागत मौलिक नेपाली परिकार सेलरोटीको स्वाद विदेशीलाई चखाउदै छात्रावृद्धी संकलनमा जुटेका छन् ।

कोरियाको विभिन्न स्थानमा लाग्ने मेला वा बजारमा कमला सेलरोटी पकाउदै हसिलो मुहारमा कोरियनहरुलाई स्वाद चखाउन व्यस्त हुन्छीन । हातभरी पिठो लिएर कुइक् घुमाउदै सेलरोटी पकाएको दृश्यले कोरियन होस की कुनै विदेशीलाई कौतुहल त बनाउने नै भए । यसरी सेलरोटी पकाएको प्रत्यक्ष देखेपछि तात्तातो सेलरोटी नचाख्ने सायदै होला । कोही त स्वाद मन परेपछि फर्की फर्की आएर किनेको अनुभव पनि कमलासंग छ । अझ यो सेलरोटी विक्रीबाट प्राप्त रकम नेपाली विद्यार्थिहरुलाई छात्रावृद्धी दिइने भन्ने थाहा पाएपछि परेको मूल्यभन्दा थपेर दिने मनकारीहरु पनि भेटेकी छिन कमलाले ।

यसरी जम्मा गरेको ७ लाख कोरियन वन नेपालका गरिब तथा जेहेन्दार विद्यार्थिको छात्रावृद्धीको लागि गत वर्ष नेपाल पठाइसकेका छन् । नेपालको कैलाली गेटा स्थीत सरस्वती अन्तराष्ट्रिय नमूना उमाविमा सो रकम नेपाली ५९ हजार रुपियाँ बैंकमा जम्मा गरेकी छिन् । बैंकमा जम्मा गरेको सो रकमबाट आएको व्याजबाट सोही विद्यालयका विद्यार्थिहरुलाई छात्रावृद्धी प्रदान गरिने कमलाले जनाइन । छात्रावृद्धी पाएर सोही विद्यालयमा स्नातक उतिर्ण गरेकी कमलाले सोही विद्यालयमा केही समय अध्यापन पनि गराएकी थिइन् ।

कमलाले यस वर्ष पनि हालसम्म सेलरोटी बेचेर २ लाख ८० हजार कोरियन वन जम्मा गरेकी छिन् । प्रत्येक सेलरोटीको मूल्य कोरिन वन एक हजार अर्थात नेपाली सय रुपैयाँमा विक्रि गर्दै आएका छन् । सेलरोटी बेचेर एक पटकमा एक लाख ३० हजार वनसम्म संकलन गरिएको कमलाले सुनाइन । सेलरोटी पकाउने सामग्री भने आफ्नो व्यक्तिगत खर्चबाट गर्ने गरेको कमलाले थपिन । उनलाई सेलरोटी पकाएर बेच्नमा उनकै विश्वविद्यालयका विद्यार्थि साथीहरुले पनि सघाउदै आएका छन् ।

कोरिया आएको वर्ष दिन भित्रै कोरियन भाषा सिकेर हाल आफ्नै विश्वविद्यालयमा विदेशी विद्यार्थिहरुलाई सहयोग गर्ने पार्ट टाइम रोजगारी पनि प्राप्त गरेकी छिन् कमलाले । नयाँ विद्यार्थि र आउन चाहने विद्यार्थिहरुलाई भाषा सहयोगी भूमिका निभाउदै आएकी छिन कमला । आफू पनि नेपालमा विदेशीको छात्रावृद्धीमा अध्ययन गरेकाले आफूजस्तै अन्य नेपालीहरुले पनि अध्ययन गर्न सकुन भन्ने मनसायले छात्रावृद्धी संकलनमा जुटेको उनले बताइन ।

कमला हाल कोरियाको खाइ०वान्दो प्रान्तको सामछक शहर स्तिथ खाइ०वान्दो (देहाक्यो ) विश्वविद्यालयमा अध्ययनरत छन् । दाइ० तुल्सीपुरकी कमलाले समाज सेवाको फरक माध्यम मात्र रोजेकी छैनन् नेपाली परम्पराग मौलिक खाना सेलरोटी बेचेर विदेशमा नेपालको संस्कृतीको पहिचान पनि गराउदै आएकी छिन् । समाज सेवा गर्न धन हैन उत्साह र जागर चाहिन्छ अनि फरक सोच भन्ने उदाहरन बनेकी छिन कमला साउद ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...