Advertisement
SKIP THIS

दशैं सम्झना


बाल्यकालको समय प्राय सबैको लागि सबैभन्दा प्रिय र यादगार हुने गर्दछ । त्यस माथि पनि दशैको समय त झन् बढी नै । बच्चा बेलाको एउटै मात्र चिन्ता विद्यालयको गृहकार्य दशैमा त्यो पनि गर्नु नपर्ने, न विद्यालय नै जानुपर्ने । रोइकराई नगरी नयाँ नयाँ कपडा किन्दिने साथै मिठो मिठो खान पाइने ।
झन् दशँैमा धेरै पैसा पाउने भएकोले सबैको घरमा टिका लगाउन जाने गर्दाको खुसी र भोली पल्ट साथीहरु भेटेर कस्को बढी पैसा भनेर एक अर्कालाई तुलना गर्दाको अनुभव, साथै ३ मिनेट पिङ्ग खेल्न ३ घण्टा कुरेर बस्दाको मजा नै बेग्लै थियो । न कुर्नु पनि कसरी नयाँ लगाएको कपडा जो देखाउनु थियो साथीहरुलाई । यस्ता धेरै रमाइला अनि अविस्मरणीय अनुभावहरु जुन हामीले दसैको महोलमा सगाँल्ने गर्दछौ ।
तापक्रम अनुसार पानी कहिले बरफ बन्छ त कहिले तरल र कहिले बाफ । पानीको गुण उही हो अवस्था मात्र परिवर्तन हुन्छ । मेरो अनुभवमा पनि त्यस्तै रहेको दशैँको उही उत्साह र उमङ्गहरु आउदछ तर फरक यती छ, हाम्रो उमेर सँगै परिवर्तन हुने सोचाई, अनुभव र परिस्थितिले दशैँलाई भिन्दै बनाउदो रहेछ । एक फरक अनुभव दिने रहेछ । यही क्रममा कसैले विद्यालयको छुट्टी हुने दिन होइन कि यो त चाड पर्व रहेछ । जसको सांस्कृतिक र धार्मिक मूल्य मान्यताको धेरै नै महत्व रहेको छ । ऋणको लागी घरघर जाने म आर्शिवादको लागि आफन्तको घरमा जान लागे । छरिएर रहेका र कार्य व्यस्तताले भेट हुन नपाएका आफन्तहरु सँग भेट हुने तथा सुख र दुःख साट्ने अवसर दशैले जुटाई दिने गर्दछ ।
समय अनुसार काम तथा पढाईको सिलासिलामा विदेशीएकाहरुका लागि सधै दशैँमा घर नमिल्दो रहेछ । यस्तो बेला मन अति नै गह्रौ हुने रहेछ । सम्पूर्ण आफन्तको सम्झना अझ धेरै आउदो रहेछ । घर भन्दा टाढा हुदाँ साच्चि नै अति गाह्रो अनुभव हुने रहेछ । तर मानिस आफुलाई वरिपरिको वातावरणमा घुलाउँदो रहेछ । विगत र वर्षको यो दशै पनि आफैमा फरक अनुभव रह्यो । किलो किलो माटो किनेर नेपालबाट ल्याएको मकैबाट गमलामा लगाएको जमरा र अविरमा कोरियाको चामलबाट बनाएको रातो टिकाले साच्चै दशैको अनुभव भुलाउछ ।

आफ्ना अग्रजहरुले टिका लगाएर दिने आर्शिवाद र सुझावले आफन्त र परिवारबाट टाढा हुदाँको एक्लोपनलाई दुर गरेर नयाँ परिवार, बृहत परिवारको अनुभव गर्दछ । नेपालमा हुदाँ आफन्तहरु सँग मात्र टिका लगाउने, यहाँ विदेशमा देशै भरिका अग्रजहरुबाट टिका लगाएर आर्शिवाद पाउदाँ र शुभकामना आदान प्रदान गर्न पाउदाँ आफुलाई एकदम भाग्यमानी अनुभव हुन्छ ।

विदेशमा दशै यस कारणले पनि विशेष रुपमा लिने गरिन्छ कि, योे राष्ट्रियता सँग जोडिएको पर्व हो । यो पर्वले विदेशमा एक अर्काबाट परिचित नभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बिचमा पनि एक अपनत्वको भावना जगृत गराइदिन्छ । हामी सबै नेपाली एक हौ भन्ने राष्ट्रिय भाव उत्पन्न गराई दिन्छ ।
यो वर्षको विजयादशमीले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती समृद्धि छाओस साथै उत्तरोत्तर प्रगातिको कामना गर्दछु । सबैमा भाइचारा बढ्दै जाओस् र देशमा हामी नेपालीहरुले खोजे । जस्तो सोचे जस्तो शान्ती आओस् सबैलाई २०७३ सालको विजयादशमी तथा शुभ दिपावलीको लाखौ लाख शुभकामना ।

लेखक दक्षिण कोरियाको झल्लाबुक्दोस्थित वनख्वाङ् विश्वविद्यालयमा अध्ययनरत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...