त्यो बाल्यकाल, त्यो दशै


‘दिदी दशैमा घर आउने होइन ?’ कान्छीले सोधी ।
‘प्लेनको टिकट पाइन उभिएर आउदा टाढा छ । भैगयो यो बर्ष यस्तै हो अर्को वर्ष आउँछु ।’ थोरै जोक मिसाएर मैले भनेँ ।
काठमाडौमा हुँदा दशै आउनु एक महिना अघि हामी दिदीबहिनीको के लाउने के किन्ने भनेर कुरा हुन्थ्यो । मलाई सामान्य पाइन्ट, भेस्ट र क्लोज सुज भए हुने । कान्छी बहिनी भने फेशनेबल । उस्को लुगाको ईच्छा नै मज्जाको । हाई हिल सुज, टाइट भेस्ट र जिन पाइन्ट । नभए वान पिस । घरकी कान्छी । उसको प्राय डिमान्ड पुरा भैहाल्छ ।
म काम गर्छु । दशैको सपिंग आफनै पैसाले गर्नुपर्छ । त्यसैले खल्ति हेरेर सपिंग गर्नु बाध्यता हो । कान्छी भन्छे ‘कति कन्जुस यो दिदी दशै सपिंग पनि डराएर गर्ने ?’ ‘आफैले खल्तिबाट क्यास निकाल्नु परे पछि यस्तै हो बहिनी । आफैले कमाए पछि थाहा हुन्छ ।’ म भन्छु । प्रतिउत्तरमा बहिनी हाँस्छे ।

यो बेला मेरो घरमा दशैको मुड छ । बहिनीको सपिंग सकिसक्यो । मम्मीले घरका लागि चाहिने किनमेल सकिसकिन ।  म भने बिदेशमा छु । कमाउन आको मान्छे । दिनको बाह्रा घण्टा काम गर्छु । मेरो लागि के दशै के तिहार ।
बाल्यकालको दशै धनुषाको शान्तिपुर गाउँमा बित्यो । गाउँ भरिमा दुई घर मात्र तामाङका थिए । पल्लो गाउँमा मगरको बस्ती थियो । बाँकि मधेशी समुदाय । दशै सुरु हुन्थ्यो घरको सरसफाइ लिपपोत गरेर । घर लिपपोत गर्न मान्छे राखिन्थ्यो । एक दिनको ५० रुपैया अनि खाजा र खाना । पहिला माटोले लिपिन्थ्यो त्यसपछि चुन दलेर घरलाई उज्यालो पारिन्थ्यो । अनि रेलिंग, झयाल, ढोकामा हरियो, निलो इनामेल लगाइन्थ्यो । हेर्दा हेर्दै हाम्रो घर गाउँ भरिकै चिटिक्क हुन्थ्यो ।

लिपपोत सकिए पछि हाम्रो काम सुरु हुन्थ्यो । म र दिदीको भागमाा भाँडा सरसफाईको काम पथ्र्यो । बहिनी सानी भएकीले केही छुनै पर्दैनथ्यो । तामाका भाडा ठूला र गह्रुगो थिए । मस्काउन साह्रै गाह्रो । भाडा चम्काउन बज्यैले सहयोग गर्थिन । हामी भाँडाको सरसफाई अल्छि गरेर गर्थिउँ । हाम्रो पारा देखेर बज्यै भन्थिन् ‘अल्छी नगरी काम गर दशैमा धेरै पैसा दिन्छु ।’ पैसाको लोभले काम गर्ने इनर्जी चल्थ्यो ।  ।
टिकाको दिन । नयाँ लुगा लगाएर तयार भयौ । बाजेबज्यैले क्रमैसँग टिका लाउनुहुन्थ्यो । बाबाआमा, काकाकाकी  हुदै हामी भाराभुरीहरुको पालो आउँथ्यो । दिदीले टिका थापिन् अनि मैले । आफूलाई भने आशिर्वादको भन्दा नि पैसाको लोभ छ । कति दिनुहोला बाजे बज्यैले ? बाजे आशिर्वाद थोरै दक्षिणा धेरै दिनुस् है  मनमनै भन्थे ।

दिदी बहिनीमा जेठी हिमा । दिदी भाकीले जुन दशैमा पनि धेरै पैसा पाउछे  । पहिलेको दशैमा झै यो दशैमा हिमाले बढि पैसा पाई । मैले मम्मीलाई गुनासो गरेँ । ‘हिमा तँ भन्दा जेठी हो नि त ।’ मम्मीको जवाफ हुन्थ्यो । टिका लगाएपछि खानपिन शुरु हुन्थ्यो घरमा । दिदीले पाएको पैसाले कपि कलम, औजार बक्स, डिक्सनरी किन्थिन । आफू भने ठीक उल्टो । म कानमा लाउने झुम्की किन्थे । रंगीचंगी चुरा किन्थे । हिरोहिरोइनको पोस्टकार्ड किन्थे । दशै सकिन नपाउदै मेरो दक्षिणा सकिसक्थ्यो । दशैको दोस्रो दिन ठूलो मम्मीकोमा टिका लगाउन गइन्थ्यो । मेरा साथीहरु मामाघरमा जान्छौ भन्थे । हाम्रो मामा नभएकोले ठूलो मम्मीको घरलाई नै मामाघर भन्थेउँ ।
ठूलो मम्मी जनकपुरमा बस्नुहुन्थ्यो । हाम्रो गाउँबाट जनकपुरका लागि दिनमा २ वटा बस चल्थ्यो । त्यो दूई मध्ये पनि एउटा बस कहिले चल्ने कहिले नचल्ने । त्यसैले सधै चल्ने बसमा जान पथ्र्यो । ठूलीआमाको घर जाँदा खुब रमाइलो हुने ।

एक पटक हामी सबै परिबार ठूली आमाकोमा जान तयार भयौ । बस हर्न बजाउदै आयो । हेर्छु बस तल माथि सबै प्याक । कसरी जाने होला ठूलो मम्मीको घर ?
‘भो पछि जाउला ।’ मम्मीले भनिन् । मैले जिदी गर्न थालेँ । नाई म त जसरी भए नि जान्छु । जिदीले काम गर्यो । जसो तसो बसमा चढियो । खुटा राख्ने ठाउँ छैन । शुरु भयो सकसपूर्ण जनकपुर यात्रा । भण्डै ढेड घण्टाको कष्टपूर्ण यात्रा पछि जनकपुर पुगियो ।

‘पिडारीचौक पिडारीचौक ।’ खलासी चर्को स्वरले बोल्यो । बस रोकिएपछि हामी त्यही ओर्लियौ ।
बसको आधा भन्दाबढी मान्छे त त्यही ओर्लने रहेछन् । मान्छे धेरै भएर होला रिक्सा पाउन मुश्किल पर्यो । बल्ल बल्ल दुइवटा रिक्सा भेटियो । पिडारी चोक देखि मिल्स एरियासम्मको २५,२५ रुपैया । अरुबेला २० रुपियामा लैजान्थ्यो । । ‘ठिकै छ, बल्ल बल्ल  रिक्सा पाइयो । धेरै मोलमोलाइ नगरौ ।’ बाबा बोल्नुभयो । रिक्सा चढ्यौ । रिक्साको सिटमा भएको फिल्मी पोष्टर आँखा तन्काएर हेर्थे म । रिक्सामा टासिएकाको पोष्टरबाट थाहा हुन्थ्यो जनकपुरको हलमा कुन फिल्म चलेको छ भनेर । बाँकी भित्तामा टाँसिएका पोष्टरबाट पनि थाहा हुन्थ्यो । त्यो भन्दा बढी म रिक्सावालाको परिश्रम देखेर छक्क पर्थे । घाम पानी नभनी उनीहरु रिक्सा चलाउथे । एकजना दूई जना मात्र होइन पाँच जना मान्छेसम्म रिक्सामा चढाएर गन्त्व्यमा पुर्याएको देखेको छु मैले । मान्छेले मान्छेलाई तान्नु कति गाह्रो हुदो हो । म अनुमान लाउथे ।

ठूलो मम्मीको घर । ठूलो परिवार । पाहुना थपिएपछि घरैभरि मान्छे नै मान्छे । टिका थाप्नेको पनि ओइरो । त्यसमाथि हामी थपियौ । हामीलाई देख्ने वितिक्कै बज्यैले अंगालो हाल्नुभयो । बज्यैको माया दर्शाउने तरिका पनि अनौठो छ । कस्सेर अंगालो हाल्नुहुन्छ पहिला अनि म्वाई खानुहुन्छ । अहो बज्यैको माया । मिस हुन्छ अहिले । दिनको १२ बजेतिर बज्यैको हातबाट टिका लगायौ हामीले । टिका थापिसके पछि बज्यैले हामीलाई छुटै कोठामा लग्नुभयो । अनि दराज खोल्नुभयो । मैले पुलुक्क मम्मी तिर हेरे बज्यैले फेरी दक्षिणा दिन लाग्नुभो मनमनै सोचे । बज्यैले त कचौरामा मासुको जस्तो परिकार पो निकाल्नुभयो । मम्मी मुसुक्क हास्नुभो ।
‘बंगुरको मासु विहान पकाएर राखेको, बाहिर राख्यो भने सकिहाल्छ त्यसैले दराज भित्र लुकाएर राखेको ।’ बज्यैले भन्नुभयो । म छक्क परेँ । हाम्रोमा बंगुरको मासु घर भित्र छिराउनु हुन्न, खानुुहुन्न बेला बेलामा बाजेले भन्नुहुन्छ । यहाँ त बज्यैले दराजमा पो राख्नु भएछ । घरमा पो खानु हुन्न यहाँ त खान भइहाल्छ नि ।

‘खा मीठो हुन्छ बंगुरको मासु ।’ मम्मीले भन्नुभयो ।
‘छि हिलोमा बस्छ बंगुर, म त खान्न ।’  दिदीले घिनाउदै भनिन् । म भने दोधारमा परे । जे पर्ला, पर्ला खान्छु । एक चोक्टा मुखमा हाले । रसिलो, छाला अनि बोसो भएको मासु, कति मीठो मासु, त्यो स्वाद अझै पनि जिव्रोमै छ ।  पहिलो पटक बंगुरको मासु पनि खाइयो । त्यो क्रम अहिले सम्म रोकिएको छैन ।

बिस्तारै हाम्रो घरमा  दशैको बेला बली दिन छाडियो ।  रातो टिकाको साटो सेतो टिका चलाइयो । बसाइ पनि गाउँबाट शहर अर्थात काठमाडौ हुन थाल्यो । जे भएपनि बाल्यकालको दशै सम्झना अझै ताजा छ । त्यो बाल्यकाल, त्यो दशै ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...