Advertisement
SKIP THIS

कोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा


सउल

दशैं नेपाल र नेपालीको सबैभन्दा ठूलो पर्व । धार्मिक र सांस्कृतीक पर्वको रुपमा नेपालीहरुले मनाउदै आएको पाइन्छ । केही धर्म र समुदायले दशैलाई नमनाउने भनिएता तापनि आखिर नेपालको राष्ट्रिय पर्व भएकाले सबैको ध्यान केन्द्रित गराउछ । देशमै त वर्षो शहरमा बसेका आफन्त केही दिनको लागि मात्रै भए पनि गाउँमा परिवारलाई भेट्न धाउछन भने विशेमा बस्ने नेपालीहरुको मन त नकुडीने कमै होला ।

त्यसैले विदेशमा रहेको नेपालीहरु एक अर्कामा भेटेर दशैको तृष्ण मेटाउनु स्वभाविक हो । दक्षिण कोरियामा पनि विभिन्न शिलशीलामा रहेका नेपालीहरुलाई  एक ठाउँ भेला पार्दै यसपाली एनआएरएन कोरियाको संयोजकत्वमा  यहाँका विभिन्न सामाजिक ,राजनीतिक , क्षेत्रिय संस्थाहरु मिलेर संयुक्तरुपमा दशै मनाउने तयारी गरिरहेका छन्  । कोरियाकोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा राजधानी सउलको दोइ०देमुन शहरमा गरिने सो कार्यक्रममा अग्रजबाट टिका जमरा ग्रहनदेखि गीत संगीत प्रस्तुत गरी मनोरञ्जन पनि गरिने भएको छ ।

त्यस्तै पर्सि मंगलबार तिथिले ठ्याक्कै विजय दशमीकै दिन विदेशमा राष्ट्रिय अभिभावकत्व दायित्व बोकेको नेपाली राजदूतावासले पनि टिका जमरा ग्रहन कार्यक्रम राखेका छन् । सो दिन दूताबासको सरकारी विदाको दिन परेता पनि राष्ट्रिय पर्व दशै मनाउन आफूहरु दूताबासमा बस्ने कार्यबाहक राजदूत किरण शाक्यले बताउनुभयो । दूतावासमा उमारिएको जमरालाई शनिबार फूलपातीको दिन श्रम सहचारी देवीराज ढकालले फूतपाती भित्राउनु भएको छ ।

त्यस्तै कोरियाको राजधानी सउलभन्दा टाडा अन्य प्रान्तका शहरहरुमा बसोबास गर्ने नेपालीहरुले पनि आ – आफ्नो  पायक पर्ने ठाउँमा भेला भएर आइतबार विदाको दिन दशै मनाउने भएका छन् । जिन्जुमा गीत संगीत प्रस्तु गर्नुका साथै नेपाली चलचित्र प्रदर्शन गर्ने भएका छन् । बुसान किम्हे र गुनसान शहरमा रहेका नेपालीहरुले पनि दशै मनाउने भएका छन् । त्यस्तै छुनसान समाज, हिन्दु जागरण अभियान र इलाम दूर्योदय सेवा समाजले पनि छुट्टा छुट्टै दशै कार्यक्रम मनाउने भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...