Advertisement
SKIP THIS

कोरियामा ‘प्रथम डेउ नेपाली भलिबल कप’ को उपाधि नेपाल मगर समाजलाई


दक्षिण कोरियाको गजे (Geoje) क्षेत्रमा अबस्थित विश्वकै दोस्रो ठुलो पानी जहाज कम्पनी (DSME ) DAEWOO SHIPBUILDING & MARINE ENGINEERING CO.LTD.मा कार्यरत लगभग ७५०  जना नेपालीको नव गठित साझा सङ्गठन ‘डेउ नेपाली एकता समाज’ ले “हाम्रो चाहाना प्रवासी  एकता र  आपसी सदभावको कामना ” भन्ने मूल नाराका साथ आयोजना गरेको प्रथम डेउ नेपाली पुरूष भलिबल कप प्रतियोगिता भव्य र सब्यरूपमा आईतबार सम्पन्न भएको छ । आईतबारको बिदा पारी आयोजना गरिएको एक दिने मैत्रिपूर्ण प्रतियोगितामा कोरियामा रहेका नेपालीको बिभिन्न संघ सस्था र इन्डोनेसियाको १  टिम गरी जम्मा  ९  टिमको सहभागिता रहेको थियो ।खेल कम्पनीको नजिकै रहेको ओग्फोको जुड़्हाक्यो गजेसीको भलिबल कवर्ड हलमा भएको थियो । कार्यक्रममा उत्कृष्ट प्रर्दशन गर्दै  नेपाल मगर समाज बुसान ले प्रथम स्थान हासिल गर्दै नगद कोरियन वन १०,०००००/-( दश लाख वन )धन राशि र सिल्ड प्रमाण पत्र  पुरस्कार हात पारेको छ भने उप विजेतामा निकै प्रतिस्पर्धा गर्दै आयोजक डेउ नेपाली एकता समाज ‘A’ टिमले नगद कोरियन वन ७००००० /- (सात लाख वन) र प्रमाण पत्र पुरस्कार पाएको छ ।
समूह ‘A’ बाट डेउ नेपाली एकता समाज ‘A’ ले किम्हे माइग्रेन्ट हाउस लाई, साड़्फो नेपाली समाज ख्वाङ्जु  ले डेउ नेपाली एकता समाज  ‘B’ लाई र डेउ नेपाली एकता समाज ‘A’ ले छाङ्वन नेपाली समाज लाई हराउदै दोस्रो चरणको प्रवेश तय गरेका थिए । दोस्रो चरणको को खेलमा डेउ नेपाली एकता समाज ‘A’ ले साड़्फो ख्वाङ्जु नेपाली समाजलाई हराउदै समूह ‘A’ बाट डेउ नेपाली एकता समाज ‘A’ फाइनल मा प्रवेश गरेको थियो  । समूह ‘B’ बाट नेपाल मगर समाज ले  NRN बुसानलाई र इन्डोनेशियाले NCC ख्वाङ्जु लाई हराउदै दोस्रो  चरण मा प्रवेश गरेका थियो र दोस्रो  चरणमा नेपाल मगर समाजले इन्डोनेशिया लाई हराउदै समूह ‘B’ बाट नेपाल मगर समाज फाईनलमा प्रवेश गरेको थियो । फाईनलमा डेउ नेपाली एकता समाज ‘A’ र नेपाल मगर समाज बिच प्रतिस्पर्धा  भएको थियो ।
कार्यक्रम  निर्धारित समय भन्दा लगभग  २ घण्टा ढिलो गरि बिहानको एघार बजे सुरू गरिएको थियो भने साझ  ६ बजे समापन गरिएको थियो । कार्यक्रममा यस क्षेत्रमा कार्यरत युवाहरूको बाक्लो उपस्थिति थियो ।यस कम्पनीमा कार्यरत युवाहरूको संख्या धेरै भएपनि नेपालको विभिन्न विपत्तिहरूमा र रोग, दुर्घटनामा परेर समस्या परेकालाई आर्थिक रकम संकलन गरी सहयोग गरिरहेपनि यसरी एक आपसमा रमाउने गरी भेला भएर गरिने कार्यक्रम यस क्षेत्रमै नेपालीहरूले गरेको यो पहिलो र बृहत खेलकुद कार्यक्रम रहेको युवाहरूले बताए । कार्यक्रम स्थलमा नेपाली खाना नास्ताको लागी लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले आफ्नो स्टलको सहभागी गराई नेपाली खानाको परिकारहरू उपलब्ध गराएको थियो । नेपाली परिकार  खादै भलिबलमा भरपुर मनोरञ्जन लिईरहेका थिए सहभागीहरू ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...