कोरियाको बबल गम स्टुडियोमा पहिलो पटक राष्ट्रिय कलाकार मेलिना


ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको राजधानी सोल नजिकैं धनाढय बसोबास गर्ने क्षेत्रको रुपमा प्रख्यात ठांउ हो खांगनाम ।कोरियन गायक साईले गाएको विश्व चर्चित गीत खांगनाम स्टाईल सोही ठांउलाई प्रतिनिधित्व गर्दछ ।

कोरियाका कलाकारहरु बसोबास गर्ने ठांउको रुपमा परिचित रहेको खांगनाममा सेप्टेम्बर १६ मा अहिलेको चर्चित नेपाली गायिका मेलिना राई देखा परिन् । कोरियामा निक्कैं व्यस्त र चर्चा बटुल्न सफल रहेका संगीतकार डि अटुको साथमा उनी बबल गम स्टुडियोमा थिईन् ।

गीत रेकर्डिंगको क्रममा भेटिएकी गायिका राई डि बि गुरुंगको शब्द ‘ए मैंले मन पराको मान्छे’ बोलको गीत रेर्कड गर्दै थिईन् । कोरियाको चुसक अर्थात (थ्यांक्स गिभिंग डे)को अवसर पारेर बागलुंग समपर्क समितिले सेप्टेम्बर १५ मा आयोजना गरेको धौंलागिरी सांगीतिक सौंगातमा आफनो प्रस्तुति दिन उनी कोरिया आएकी हुन् ।चिसोको कारण केही रुघाग्रस्त हुंदाहुदैं पनि गीत रेर्कडमा व्यस्त थिईन् ।

रेकर्डिंगपछि गीतको बारेमा छोटो प्रतिक्रिया दिदैं उनले भनिन्, ‘डि आर अटुको संगीतमा यो गीत एकदमैं राम्रो र फास्ट बिटमा रहेकोले दर्शकलाई नचाउन सजिलो हुनेछ । नेपाल र कोरियाका स्टुडियोमा त्यस्तो फरक केही नभएता पनि विदेशमा मेरो गीत रर्कड भएको यो नैं पहिलो हो।’ उनले थपिन ‘रुघाले अलि गाह्रो भो तरपनि गीत राम्रो बनेको छ ।’

नेपाली सांगीतिक आकासमा व्यस्त र सुन्दरी गायिकाको छवि बनाएकी मेलिनाले कोरियापछि हंगकंगको कार्यक्रम सकेर यतिबेला नेपाल फर्किसकेकी छिन् ।आफनो दोस्रो एल्बम ‘मेलिना ‘ चांडैं नैं बजारमा ल्याउने तयारीमा रहेको समेत उनले बताईन् । दोस्रो पटक कोरिया आएकी मेलिनाले अर्का चोटी फेरी यस्तो गीत रेर्कड गर्ने अवसर पाएमा पुर्व तयारीको साथमा आउने बाचा समेत गरिन् ।

सो गीतको संगीत संयोजन धनु ग्यागंमीले गरेका हुन् ।कोरियामा राष्ट्रिय कलाकारको आवाजमा रेर्कड भएको यो गीत पहिलो रहेको समेत संगीतकार अटुले दाबी गरे ।’अन्य गीतहरु भन्दा फरक संगीत गर्ने कोशिस गरेको छु । डान्सिंग नम्बर गीतको रुपमा यो गीतले मलाई चिनाउनेमा आफु ढुक्क छु ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...