भोलीदेखि छुसक सुरु


दक्षिण कोरिया
हरेक देश, ठाउँ र समुदायमा आआफ्नै मौलिक चाडपर्वहरु हुन्छन् । कोरियाली संस्कृतिमा पनि अन्य सानातिना चाडपर्व रहेपनि विशेषगरी सललार, छुसक, दान्हो र हान्सिक गरी चारवटा मुख्य पर्व मान्ने गरिन्छ । तर पछिल्लो समय छुसक र सल्लार दुइ पर्बलाई मात्र बिसेस रुपमा मनौने गरिन्छ । (अम्यक) लुनार पात्रो अनुसार पर्ने पहिलो महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइने पर्व सललार र आठौं महिनाको पन्धौं दिनमा पर्ने छुसक पर्व भने तीनदिनसम्म विशेष रुपमा मनाइन्छ ।

परम्परादेखि मनाइदै आएको दोस्रो ठुलो पर्व हो छुसक । लुनार पात्रो अनुसार आठौं महिनाको १५ गते पर्ने छुसक यो वर्ष सेक्टेम्ब १४ तारिखदेखि सुरु हुँदैछ । नयाँ अन्नबाली, फलफुल भित्र्याउने बेलामा मनाइने कोरियाको मुख्य चाड छुसक तीनदिनसम्म धुमधामका साथ मनाइन्छ । छुसकमा मुख्य बाली भित्र्याएपछि आफ्ना पुर्खालाई सम्झदै उनीहरुलाई धन्यवाद ज्ञापन गर्न समाधिस्थलमा गएर खाना, फलफुल र जाँड रक्सी चढाएर प्रार्थना गरिन्छ । जसलाई अन्तर्राष्ट्रिय स्तरमा थ्याङस गिभिङ डे पनि भनिन्छ । छुसक पर्वमा खाने मुख्य खाना सोङफ्यन हो । नयाँ चामलको पिठोबाट बनाइएको अर्धचन्द्रकार आकारमा बनाइने सोङफ्यनसँगै अन्य मिठामिठा परिकारहरुका साथमा नयाँ फलफुलहरु पनि चढाउनुपर्छ ।

सरकारले तीन दिनको सार्वजनिक विदा दिने यस पर्वमा कोरियनहरु आफ्नो पुख्र्यौली गाउँ जाने तथा घरमा जाने, पारिवारिक जमघट तथा टाढाटाढा रहेका आफन्तजनहरुसमेत आउने भेटघाट गर्ने र मिठामिठा परिकार खादै रमाउने गर्छन् । यस पर्वमा केटाकेटीहरु चंगा उडाउने, महिला पुरुषहरु  युतनोरी (खेल) खेल्ने तथा महिलाहरु काङकाङसुले गीत गाएर नाच्ने गर्छन् ।

2407359_image_7  chuseok-ceremonial-table
त्यसैगरी कोरियाको पहिलो ठुलो पर्व हो सललार अर्थात् नयाँ वर्ष । अम्यक पहिलो महिनाको पहिलो दिन कोरियाली समुदायमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वमा पनि तीनदिनसम्म सार्वजनिक विदा हुने गर्दछ । कामविशेषले टाढा बसोबास गर्दै आएकाहरु पनि यो पर्वमा आफ्नो घर फर्किने तथा घरपरिवार र आफन्तहरुसँग भेटघाट गर्दै मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने गरिन्छ । यो पर्वमा परम्परागत पोशाक लगाएर आफ्ना मान्यजनहरुलाई ढोग्ने गरिन्छ । जसलाई सेवे भनिन्छ । सललारमा खाने मुख्य खाना तककुक हो । चामलको पिठोबाट बनाइएको तक स्वास्थ्य र दिर्घायुको प्रतिकको रुपमा पनि लिइन्छ ।

यसरी कोरियाली संस्कृतिमा परापूर्वकालदेखि मनाइदै आएको मुख्य चाड सललार र छुसक मध्ये छुसक भोलीदेखि सुरु हुदैछ । छुसकको अवसरमा विभिन्न मुलुकबाट आएका कामदारहरुको पनि लामो बिदा पर्ने भएकोले एकअर्कामा भेटघाट तथा विभिन्न सांगीतिक कार्यक्रमसहति अन्य कार्यक्रमहरुको आयोजना गरेर विदालाई भरपुर सदुपयोग गर्ने अवसर पाउँछन् । यहि अवसरमा कोरियामा रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुले कोरियामा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरेका छन् ।  सबैमा ह्यापी छुसक ।

kang  215172_157472_1559

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...