Advertisement
SKIP THIS

कोरियामा रहेका दुई सर्जकको म्यूजिक भिडियो सार्वजनिक


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियाको ब्यस्त समयमा पनि बचेको समयलाई सदुपयोग गर्दै गायक बिकास बिक र गीतकार नगेन्द्र थापा मगरले पहिलो आधुनिक तथा पप गीतको एल्बम ” थाहै नपाई ” बजारमा ल्याएको लामो समय पछि ” हिमचुलीमा ” बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक गरिएको छ ।

नव उदयमान पोखरेली गायक बिकास बिकको स्वर र संगीत रहेको उक्त एल्बममा स्वयम गायकले पनि गीत लेखेका छन, भने खोटाड़्गे चेली मिना राईको पनि गीत समेटिएको छ । जम्मा ८ ओटा गीत रहेको उक्त एल्बममा बाकी ५ ओटा सबै गीतकार नगेन्द्र थापा मगरको रहेको छ । एउटा गीत गायिका मेचु धिमालले पनि स्वर दिएकी छिन ।

बिनोद श्रेष्ठको कुशल निर्देशनमा बनेको उक्त भिडियोमा रणधिर श्रेष्ठ र बिनोद श्रेष्ठले छायाड़्कन गरेका छन् । साईमन शिवाकोटी र सुस्मिता पुन मगरको कुशल अभिनयमा बनेको भिडियोलाई सुन्दर नगरी पोखरामा छायाड़्कन गरिएको हो ।सम्पादन स्वयम निर्देशक बिनोद श्रेष्ठले नै गरेका हुन । मोहित मुनालले संगीत संयोजन गर्नु भएको यस भिडियोलाई सुगम थापा मगरले रेकर्डिड़्गमा सहयोग गर्नु भएको छ ।

सड़्ग्स नेपाल च्यानलबाट यु ट्युबमा सार्बजनिक गरिएको उक्त भिडियो, अडियो सिडी भाईबस कृयसनबाट निकालिएको हो । ड्रिम्स स्टार प्रोडक्सनले बजारमा ल्याएको यस भिडियोमा, अहिलेका युवा पिढीहरुको प्रेम प्रसंगलाई देखाईएको छ ।

बाग्लुड़्ग सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा बिमोचन गरिएको एल्बम ” थाहै नपाई ” का बाकी भिडियोहरु पनि छिट्टै बजारमा ल्याउने तयारी रहेको जानकारी सर्जक द्वय गीतकार नगेन्द्र थापा मगर र गायक बिकास बिकले दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...