Advertisement
SKIP THIS

कोरियामा कामदारको समस्या समाधान गर्दै कोटा बढाउने प्रयास गरिने


सउल

बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुध्न पुडासैनीले दक्षिण कोरियामा रहेका कामदारको समस्या समाधान गर्दै कोटा बढाउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । सोमबार कोरिया स्थित नेपाल राजदुतबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महानिर्देशक पुडासैनीले सो धारणा राखेका हुन ।

कोरियामा प्रवासी मजदुर मेलामा सहभागी हुन आएका महानिर्देशक पुडासैनीले अन्तरकृया कार्यक्रममा कोरियामा रहेका कामदारको समस्यालाई मुद्याको रुपमा उठान गरी नीतिगत तहमा परिवर्तन गर्न भरमग्दुर प्रयास गर्न सरकार प्रयासरत रहेको बताएका छन् । अन्य विदेश भन्दा कोरिया आउन सहज र आय पनि बढी भएकाले कोरिया आएका कामदारलाई सुरक्षित गर्ने र कोटा बढाउनेमा सरकारको ध्यान केन्द्रित रहेको स्पष्ट पारे ।

कार्यक्रममा सोही मेलामा सहभागी हुन आएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया आएकालाई सुरक्षित गर्न कोसिस जारी रहेको बताएका छन् । उहाँले कोरियाबाट मृतक कामदारको शबलाई नेपाल पठाउन लाग्ने ५ हजार डलर रोजगारदाताले व्यहोरर्नुपर्ने बारे सहमती गर्न नमानेको भन्दै सिविटी परीक्षाफल सार्वजनिक गर्न पनि एचआरडी नमानेको तिक्तता पोखे । तर कोरियामा मृत्यु भएका केही कामदारका शबलाई नेपाल पठाउने खर्च कुनै कुनै रोजगारदाताले नै व्योहर्ने गरेको दूताबासले बताए ।

त्यस्तै इपिएस मार्फत कोरियामा १५ देशका कामदार आउने गरेता पनि भाषा परिक्षामा नेपालबाट सबैभन्दा धेरै निवेदन पर्ने गरेको खुलासा गर्दै भियत्नामले ४५ डलर धरौटी राखेर कोरिया कामदार पठाउने गरेको जस्तो नेपालले पनि गर्न नपरोस भन्नेमा सर्तक रहेको समेत निर्देशक बास्तोलाले बताए । साथै कोरियाबाट ९५ प्रतिशत रेमिटेन्स अवैधानिक पठाउने गरेकोमा राष्ट्रबैकले ध्यान केन्द्रित गर्दै बैधानिक रेमिटेन्स पठाउने बैदेशिक कामदारको लागि कुनै पनि क्षेत्रमा २६ प्रतिशत शेयर प्राप्त गर्ने प्रावधान राखेको बास्तोलाले जानकारी गराए ।

हाल कोरिया आउने कामदारलाई मोवाइल उपलब्ध गराउने बारे कोरियाको ग्लोबल टेलिकमले प्रस्ताव ल्याए पनि सरकारले कुनै सहमति नगरेको स्पष्ट पारे । कामदारले स्वतन्त्ररुपमा स्वइच्छाले मोवाइल उपयोग गर्न पाउने बताए । साथै कोरियाबाट नेपाल फर्केनेको संख्या ९ हजार पुगेको जानकारी गराउदै उनीहरुको लागि सरकारले कार्यदल गठन गरी काम गर्न लागेको बताए ।

कार्यक्रममा कोरियामा रहेका कामदारको स्वस्थ्य समस्यालाई समाधान गर्न नेपालबाट चिकित्सक र कोरियाबाट विरामीले भिडियो मार्फत प्रत्यक्ष सवाल जवाफ गर्न सकिने टेलीमेडिसनको व्यवस्था गर्न दूताबासका कार्यवाहक राजदूत किरण शाक्यले माग गरे । सथै उहाँले कोरिया आउने बेला मनोचिकित्सकबाट मनोविज्ञान बारे परिक्षण गरिने व्यवस्था गर्न सुझाव दिए । कोरियामा रहेका कामदारको बारे यथास्थिती जानकारीको लागी दुताबासलाई पनि नामवली उपलब्ध गराउन इपिएस शाखालाई आग्रह गरे ।

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले कोरियामा कामदार भित्राउने प्रणालीमा रोजगारदातामा अधिकार सिमित  रहेको इपिएसलाई बन्द गरी कामदारमा आधारित वार्क परमीट सिस्टम (डब्लुपीएस) लागु गर्न प्रवासी मजदुर आन्दोलनरत रहेको जानकारी गराए । साथै डब्लुपीएस प्रणलीमा नेपाल सरकारमा म्यानपावर कम्पनी भित्रिने भ्रम रहेकोमा यो प्रणाली पनि जिटुजी नै हुने गरेको स्पष्ट पारे ।

कार्यक्रममा एनआरएन कोरियाका पूर्व अध्यक्ष विनोद कुवरले कोरिया आउने कामदारको उमेर २५ देखि ४५ वर्ष गर्नुपर्ने सुझाव दिए । त्यस्तै अंग भंग भएका विरामीलाई उनीहरुले चाहेसम्म कोरियामा बस्न पाउने भिषा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । साथै थेजिकम पाउन एक वर्ष पुग्न केही दिन बाँकी हुदा साहुले मनमानी ढंगले कामदारलाई कामबाट निकाल्न नपाउने प्रावधान राख्न पनि आग्रह गरे ।

दाया हात मेसिनमा चेपिएर नचल्ने अवस्थामा पुगी हालसम्म उपचारर्थ दिपक पौडेल, व्यवसायी हिम गुरुइ० पनि उपस्थीत रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...