Advertisement
SKIP THIS

कोरियाबाट सांगीतिक “सहयात्रा”को आरम्भ


सउल

दक्षिण कोरियामा कडा परिश्रम र व्यस्त समयका बाबजुद पनि साहित्य सिर्जनामा तल्लीन युवा वर्गहरु सांगीतिक सहयात्रामा निस्केका छन् । आ आफ्ना सिर्जनालाई संगीतिक मालामा उनेर बनाएका एल्बममार्फत प्रदेशबाट संगीतिक यात्रा आरम्भ गरेका हुन् । जसको न्वारन गर्दै “सहयात्रा” नै नाम जुराएका छन् । कोरियामा पहिलो सन्तानको रुपमा जन्मेका एल्बम सहयात्राको घुम्टो उघारने काम आइतबार सउलमा सम्पन्न भएको  छ ।

नेपाली साहित्य समाज (नेसस) दक्षिण कोरियाले एक पर्षे गर्भधारण पछि “सहयात्रा”लाई जन्म दिएका हुन् । कोरियामा प्रवासी कामदारको रुपमा भित्रिएका साहित्यीक सर्जकहरुको सिर्जनालाई नेससले गोलबद्ध गर्दै ऐतिहासिक कृतीको रुपमा सांगीतिक यात्राको थालनी गरेका छन् । यस सहयात्रामा कोरियामा रहेका १५ युवा युवतीको गीतलाई समेटिएको छ । जसमा कल्पना धर्ती , यल्जी विवश , सायद कुष्ण राई, गंगा पौडेल , शकुन आँशु , खगेन्द्र पराजुली , सुशिल राज रेग्मी, गणेश पौडेल, मिलन किराती , पुर्वेली गाँउले , चन्द्र लामा अनुराग, मणि भूषाल, सुरेन्द्र कार्की, फणिन्द्र भण्डारी अर्पण र विनोद बान्तवा रहेका शब्द रहेका छन् ।

त्यस्तै  कोरिया मै रहेका संगीतकार  डि आर अटुले एल्बममा समेटिएका १५ गीतमध्ये पाँच गीतमा संगीत भरेका छन् । त्यस्तै एल्बमका  तीन गीतमा रोविन रेगनको संगीत र स्वर सुन्न पाइन्छ भने एउटा गीतमा राजेन्द्र परियारको संगीत र स्वर रहेका छन् । बाँकी गीतमा संगीतकार राजकुमार बगर, मनोज साइ्सोन , बालान्द राई , राजेन्द्र बजगाई र राजसुक लिम्बुले संगीत भरेका छन् । एल्बममा समेटीएका गीतहरुमा लोकप्रीय स्वर गायीका अञ्जु पन्तदेखि गायक राजेश पायल राई, शिब परियार, प्रमोद खरेल, स्वरुपराज आचार्य, मिलन अमात्य, मेलिना राई , राज सिग्देल, सिडी विजय अधिकारी, सागर संसार राई र नमता राईको आवाज सजिएको छ ।

घुम्टो उघारने कार्यक्रममा यल्जी विवशको शब्द डि आर अटुको संगीत र मेलिना राईको स्वर रहेको काडाले घोच्ला विस्तारै जाउ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । कर्यक्रममा प्रमुख अतिथि कोरियन कवि किमह्योइ० ह्योलगायत अन्य अतिथि र  सबै सर्जकहरुले संयुक्तरुपमा एल्बमको घुम्टो उघारने कार्य गरेका थिए । आफ्नो पहिलो सन्तानको रुपमा जन्म दिएका संगीतिक एल्बम सहयात्राको विक्री वितरणको जिम्मा समेत लिएका नेससले विक्रीबाट प्राप्त रकम मध्ये ६० प्रतिशत नेपालमा अनाथलाय भवन निमाणार्थ सहयोग गरिने र बाँकी साहित्य क्षेत्रमा लगाउने घोषणा गरे ।

कार्यक्रममा  एल्बममा उनिएका गीतका मुखडालाई गीतकारहरु कसैले संगीति लयमा त कसैले गद्य शैलीमा प्रस्तुत गरेका थिए  । त्यस्तै सांगीतिक सर्जकहरुको उपस्थिती रहेको कार्यक्रमलाई गजल, कविता र संगीत प्रस्तुत गर्दै सांगीतमय बनाएका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...