Advertisement
SKIP THIS

कोरियामा आदिवासी दिवसको सन्दर्भ


विश्व आदिवासी दिवस भन्नाले संसारभरीका आदिवासी जनजातिहरुले आफ्नो अधिकार उजागर गर्ने दिन् । आ आफ्नो कला र संस्कृती प्रस्तुत गर्दै आफ्नो हक अधिकारको चर्चा गर्ने दिन । विश्वभरी नै पछिल्लो समय हप्ताभरी यो दिवस मनाउने गरिन्छ । नेपालका आदिवासी जनजातिहरुले पनि यो दिवसलाई देश विदेशमा मनाउदै आएका छन् । यसैक्रममा दक्षिण कोरियामा पनि ढिलैभए पनि अगष्ट २१ तारिख यो दिवस मनाएका छन् ।

संयुक्त राष्ट्र संघ गठन भएको ५० वर्षपछि २१ औ शताब्दीमा पनि आदिवासी तथा जनजातिहरु अशिक्षा र गरिबीले पिल्सीएका छन् । साच्चै उनीहरुको अधिकार हनन भइरहेको छ र उनीहरुमाथि विभेद भइरहेको छ भन्ने आभास गरेपछि सन १९९४ मा संयुक्त राष्ट्र संघको महासभाले परित गरी अगष्ठ ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाउन घोषणा गरयो । अन्तराष्ट्रिय श्रमिक कानुन (आइएलओ)ले आदिवासीको भाषा संस्कृतीलाई संरक्षण गर्ने र हरेक विकास कार्यमा उनीहरुको जल जमिनमाथिको अधिकारलाई हनन गर्न नपाइने जस्ता अधिकार सुनिश्चित गरेको छ ।

धेरै देशका सरकारले आदिवासीको अधिकार सुनिश्चित गरेता पनि नेपालमा अझै आदिवासी जनजातिको अधिकार सुनिश्चित हुन सकेको छैन । आइएलओले जारी गरेको कतिपय आदिवासी जनजातिको कानुनलाई पनि नेपाल सरकारले लागु गरेको छैन । सरकार र आइएलको कतिपय कानुन एक अर्कामा बाजिएको अवस्थामा छ । त्यसैले पनि नेपालीहरुको लागि यो दिवश महत्वपुर्ण बनेको छ ।
कुनै पनि जाति तथा समुदायको भाषा र संस्कृतीलाई मार्नु भनेको उनीहरुको पहिचान मेटाउनु हो । नेपालमा शाह वंशी शासनमा आदिवासी जनजातिको भाषा र संस्कृतीलाई बन्देज गरी उनीहरुको पहिचान नै मेटाउने प्रयास गर्दै राज्यबाट नै विभेद गरिएको थियो । त्यसैले अहिले राज्य पुन संरचना गर्नेक्रममा देशको मूल कानुन नयाँ बनाउने बेला नेपालका आदिवासी जनजातिहरु पहिचानका मुद्यालाई लिएर राजनैतिक आन्दोलनमा छन् ।

नेपालीको संख्या धेरै भएको विदेशमा पनि आदिवासी जनजाति संगठीत हुनेक्रम जारी छ । यस्ता संगठनले आफ्नो मौलिक कला र संस्कृतीको प्रचार प्रसार सहित समुदायको उत्थान तथा अधिकार सुनिश्चितको लागी सहयोग गर्दै आएका छन् । कोरियामा पनि २००८ सालमा आदिवासी जनजाति महासंघ स्थापना भई विभिन्न जातिय संस्कृतीक पर्व मनाउदै ३ विद्यार्थिलाई आर्थिक सहयोग गरिरहेका छन् । ११ जातिय संस्था आवद्ध महासंघले कोरियामा पनि विभेदको शिकार हुनुपरेको गुनासो गरेका छन् ।

कोरियाको सम्पुर्ण नेपाली संस्थाका छाता संगठन नेपाली संमर्क समिती (एनसिसी) बाट यसपालीको तामाइ० सघंलाई विभेद गरिएको गुनासो महासंघले गरेको छ । एनसिसीले कोरियाली पर्व छुसकमा सांस्कृतीक कार्यक्रम वाडफाड गर्नेक्रममा यसपाली पालोमा परे पनि जातिय संघ भएकै कारणले बन्देज गलाएकोमा आक्रोश पोखेका छन् । त्यसैले पनि आदिवासी जनजाति अझ एकजुट भएर हरेक विभेदको विरुद्ध लडन आवश्यक छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...