कोरियाको अन्तिमा गाउँ ताइ० कुथ माउलमा पुग्दा

यात्रा संस्मरण
सोमबार हाम्रो बासस्थान सुवन शहरबाट विहानै साढे सात बजे नै यात्रा आरम्भ भयो । गन्तव्य थियो श्रीमानको जन्म घर झल्ला नाम्दो, मुआन । पुग्नु थियो कोरियाको दक्षिणी भेग समुन्द्र किनारमा । मोटरमा चार घण्टा भन्दा बढीको यात्रा । प्रायोजन थियो श्रीमानको ३ दिने गरमी विदालाई सदुपयोग गर्दै अभिभावकलाई भेटने ।
काम छोडी नयाँ कामको खोजीमा हाम्रोमा बसीरहेका दुई चेलीहरुलाई संगै साथ लिएका थियौ । किन की उनीहरुको त्यही दिनबाट काम सुरुवात गर्न थियो । एक जनाको ह्वासइ० र अर्कोको फारन । सुवन शहरबाट नजिकै पर्ने अनि हाम्रो यात्राकै बाटोमा । उनीहरुलाई गन्तव्यमा पुराएर हामी बाटो लाग्यौ ।
वीचमा एक ऐतिहासिक गुम्बामा जाने सोच बन्यो । नेविगेसनमा ठेगना राखेर त्यतै हानियौ । दिनको १२ बजेछ । भोक लाग्यो । खाना खादै थियो रेष्टुरेन्टका साहुनीले भनिन । त्यो गुम्बामा प्रवेश शुल्क लिन्छ अनि मोटर पार्कीइ०को पनि । हामी स्थानियलाई पनि छाडेदैन । त्यो सुनेपछि गुम्बा नपसी सिधै घरतिर लाग्यौ । धार्मिक स्थललाई पनि ब्यापारीक बनाएको गुनासो थियो श्रीमानको ।
बेलुका घर पुग्यौ खानपीन परिवार जमघटमा समय वित्यो । भोलिपल्ट विहानै हल्का खाना खाएर सासु ससुरा पनि हामीसंगै घरबाट बाहीरीनु भयो । घर नजिकैको सानो बजार हेजेमा वहाँहरु बृद्धबृद्धाको हेल्थ पोष्टमा पस्नु भयो । आजको पुरा दिन हामीले सदुपयोग गर्नु थियो । नजिकैको पर्यटकिय स्थलको खोजीमा हामी लाग्यो । मुआनकै प्रसिद्ध सेतो कमलको फूल महोत्वको तयारी हुदै रहेछ । २ दिनपछि शुरु हुने महोत्सव हाम्रो अबको गन्तव्य बन्यो । मानिसको भिडभाड कम थियो तर महोत्सवको तामझाम लगभग पुरा भइसकेको थियो । एसियाकै ठूलो ठाउँ (३,३०,०००) मिटर स्क्वाइरमा फैलिएको सेतो कमल फूलको महोत्सव रमाइलो थियो । तर ३५ डिग्री भन्दा बढी तापक्रमले बाधा गरेपछि धेरै बेर रमाउन सकेनौ ।
अब भने हाम्रो मोटरको मुख सिधै ताइ०कुथ माउल तिर मोडियो । झल्ला नाम्दो हेनामको एक प्रसिद्ध पर्यटकीय स्थल । बाटामा स्थानिय उत्पादन फर्सी , सुटुनी र समुन्द्री खानाका परिकार विक्री पसल भेटिदै थियो । यस्ता पसलमा विक्रेता कतै विदेशी अनुहार पनि देखियो । कोरियन भाषामा ताइ०(जमिन) कुथ (अन्तिम) माउल (गाउँ) अर्थात कोरियाको जमिनको सबैभन्दा अन्तिम गाउँ । समुन्द्रसंग जोडिएका जमिनको अन्तिम भाग । ताइ०कुथ माउलको नामबाट पर्यटकिय प्रसिद्धी कमाउदै गरेको यो सानो बजार । अन्तत हाम्रो मोटरको चक्का बजारभित्र छिरयो ।
हामी बजारबाट उकालो लाग्यौ मोटरमै । केही माथि पुगेपछि मोटर राखी पैदल यात्रामा निस्कयौ । करिब २ सय मिटर उकाले लागेपछि टाउरमा पुग्यौ । झट्ट हेर्दा गोमनको फुलेको शिर जस्तो आकारमा बनेको आकर्षक टावर थियो । दुई हजार वन तिरेर टावरको टुप्पोमा पुग्यौ । फराकिलो निलो समुन्द्र पर पर देखिने टापु विभिन्न आकारको । एउटा ठ्याक्कै फूल थुंगा जस्तै त्यसैले यसको नामनै फूल टापु रे ।
पर एक पानी जहाज आफ्नो गन्तव्यतिर लम्कदै थियो । वन्दो टापुको जाने बाटो पनि यतै पर्छ रे । उतै देखाउदै श्रीमानले भन्नु भयो चलचित्र म्याइ०राइ० को छायाकन पनि यही गरिएको हो । जुन कोरिया र जापानवीचको ऐतिहासिक समुन्द्री द्धान्दको बारे चर्चित चलचित्र हुन् । शितल हावा मनोरम दृश्य छाड्न मन नलागेपनि समयको पावन्दीमा बाध्य बन्यौ । अब हाम्रो पाइला टावरबाट ओरालो लाग्दै थियो । बजारभन्दा विपरीत दिशा तर्फ । पाँच सय मिटर ओर्लिपछि ठयाक्कै समुन्द्र र जमिन जोडिएको ठाउँमा पुग्यौ । त्यो समुन्द्र र जमिन विन्दुको स्तम्भ अनि कृतिम जाहाजको आधाभागमा बसेर समुन्द्र यात्राको अनुभूति लिए । भौगोलिक महत्वको यो स्थानमा पुगरे फरक स्वाद लिएपछि हामी घर फकर्यौ ।