नेपथ्य ब्याण्ड सांगीतिक धुम मच्चाउन कोरिया आउँदै


सउल, नेपालको चर्चित लोक रक सांगीतिक ब्याण्ड नेपथ्य कोरियामा सांगीतिक धूम मच्चाउन आउने भएको छ । नेपाल तमाङ् संघ दक्षिण कोरियाको आयोजनामा हुन् गईरहेको बृहत सांगीतिक कार्यक्रम “नेपथ्य लाईभ कन्सर्ट” “को मेन्दो डाङ” यहि सेप्टेम्बर १५ (छुसकको दोस्रो दिन) मा सोल स्थित “केबिएस एरिना” हलमा हुने नेपाल तमाङ् संघ दक्षिण कोरियाले जनाएको छ ।
बिश्व प्रसिद्ध कोरियन गायक साइको गाङ्गनाम स्टाईल,चर्चित के पप “गर्ल्स जेनेरेसन” र सिस्टर बिग ब्यांग लगाएत अन्य बिभिन्न चर्चित कलाकार र ब्याण्डले लाईभ प्रस्तुति दिईसकेको सो केबिएस एरिना हल अत्याधुनिक सुबिधा सम्पन्न हल भएको तामाङ संघले जनाएको छ । उक्त हलमा बिश्व स्तरीय साउण्ड सिस्टम, लाईटिंग र फुल्ली एअर कन्डिसनको सुबिधा समेत रहेको जनाएको छ ।
अत्याधुनिक सुबिधा सम्पन्न हलमा लाईभ हेरेर तालको पानी, छेक्यो छेक्यो देउराली डाँडा , जिबन हो घाम छायाँ , रेशम र अहिलेको नयाँ गीत “कोशीको पानि” जस्ता लोकप्रिय गीत संगीतमा झुम्न र नाच्न भरपुर मनोरंजन लिन सम्पूर्ण कोरियामा रहेका नेपाली जनसमुदायलाई तामाङ्ग संघ दक्षिण कोरियाले अनुरोध गरेको छ । अमेरिका पछि नेपथ्य आफ्नो सांगीतिक प्रस्तुति दिदै युरोप भ्रमणमा लागेको थियो । भर्खरै मात्र जर्मनीको ह्याम्बर्ग र दोस्रो तथा अन्तिम प्रस्तुति कोपेनहेगनमा सम्पन्न गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...