किरात राई यायोख्खा बुसानको प्रथम अधिवेशन हुने
 
			बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको प्रथम अधिवेशन आगामी अगस्ट १४ तारिख आइतबार हुने भएको छ ।
बुसानस्थित हुन ( 초량) स्टेशन नजिकै  रहेको YMCA हलमा हुने गइरहेको अधिवेशन मध्यान्ह् १२ बजेदेखि कार्यक्रम सुरु हुने भएकोले समयमै उपस्थित हुनको लागि पनि आयोजकले अनुरोध गरेको छ ।
किराया बुसानको स्थापना पश्चात पहिलो पटक हुन गईरहेको अधिवेशनबाट किराया बुसानको  नयाँ कार्यसमितिको चयन गरिने भएको छ ।  नयाँ नेतृत्वको लागी आवश्यक पदपुर्तीको लागी कोरियामा रहनु भऐको इच्छुक किरात राई दाजुभाई तथा दिदी बहिनीहरूलाई उमेद्वावारी आव्ह्वान पनि गरिएको छ साथै यो अधिवेशनलाई सव्य र भव्य रूपमा सफल बनाउनको निम्ति कोरियामा रहनु भऐको किरात राई लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी हरूलाई उपस्थितिको लागी कि रा या बुसान द कोरियाले हार्दिक
अनुरोध गरेको छ।
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	