तिमीसंग बसेको यो सम्बन्ध


सबैले भन्छन यो सन्सार माया र पिरतिको सन्सार । सबैले भन्छन यो सन्सार सम्झना र सम्बन्धको सन्सार । म पनी भन्छु माया नै मायाको यो सन्सार, प्रेम र सम्बन्धको यो सन्सार । यो सन्सार माया र सम्बन्धमा चलेको छ अनि प्रेम र सम्झनामा बसेको छ । प्रेम र सम्बन्धमा नत समय नै त्यति धेरै अनुकुल हुनुपर्छ नत ठाउँनै मिल्नुपर्छ, नत कुनै जाती र उमेरको हुनुपर्छ नत सजिव वा निर्जिव अर्थात प्राकृतिक र कृतिम नै हुनुपर्छ । अति सजिलो र सामान्य छ, जहाँसुकै, जतिखेर जोसंग र जेसंग पनी हुनेगर्दछ ..।

आखीर म पनी यही धर्तिको एउटा चिज वा वस्तुन परें, यो सास्वत कुराबाट टाढा हुनसकिन। मेरो देश नेपालबाट सन् २००८ शालमा कोरीया प्रवेश गरें, मैले नचाहँदा नचाहँदैं म कसैसंगको प्रेममा परे । मैले नढाँटी सत्य कुरा भन्नैपर्छ विगत ८ बर्ष देखी कसै संगको प्रेमबन्धनमा बाँधीएको छु। जिवन बडा अचम्मको र रमाइलोको हुँदोरहेछ जति भाग्न खोजेपनी, जति टाढाहुन खोजेपनी अर्थात नचाहँदा- नचाहँदैं ,थाहानपाइ नै प्रेम र सम्बन्धमा परिदोरहेछ। दुइ विच रहेको यो प्रेम र सम्बन्धमा सन्सारको कुनैपनी तागतलै विगार्न त के हल्लाउन पनी नसक्ने रहेछ, आज मैले त्यो अनुभूति गरेकोछु, प्रेम र सम्बन्धको त्यो मैदानमा खेलीरहेको छु । सुरुमा मलाइ डरलाग्दथियो अरुलाइ सुनाउँन तर आज निर्धक्क साथ भन्न चाहान्छु तँपाइहरु सामु मेरो प्रेम कहानी । आज म बाध्य भएकोछु तँपाइहरुलाइ सुनाउन यो मेरो प्रेम कहानी !! नत म लुकाउन सक्छु नत मन भित्र दबाउन नै सक्छु यो मेरो प्रेम कहानी !! नत यो कुनै काल्पनीक हो नत यो कुनै बनावटी नै , यो त सत्य र साँच्चो हो मेरो प्रेम कहानी । अब म सरासर भन्दैछु मेरो यो जिवनको प्रेम कहानी ..।

प्रेम र माया-पिरतिको सम्बोधनमा- कसैले तँ भन्छन, कसैले तिमी भन्छन त कसैले तँपाइहजुर भन्छन …। मैले न त तँ भन्नसकें नत तँपाइहजुर नै !! त्यसैले तिमीनै मेरो लागी उपयुक्त सम्बोधन हुनगयो। उनीलाइ शुरुमा देख्दा डरलाग्यो, म त सानो मान्छे उनीको त्यत्रो रुप, उनीको त्यो कानै खाने आवाज, उनी भइन  कोरीयन पाराकी म त नेपाली, अहँ पटक्कै मनपरेन। म मनमनै सोच्थिएें उनीलाइ देख्न नपाए हुन्थियो भनेर तर मलाइ परिस्थितिले बाध्य बनायो । केही पनी नमिलेर र नजानेर होला साँच्चै उनीसंग म पहिले त डराएकै हो । नत भाषा बुझ्दथें नत संकेत नै त्यो समय सम्म्झनुपर्दा अचम्म नै लाग्छ । जिवनको हरेक संघर्ष र मोडमा हार्न नजान्ने मेरो स्वभाव त्यसैले होला दिनहरु विताउने क्रममा अघिबढीरहे म । भनेको सुनेको थिएें माया र सम्बन्धमा ठुला-ठुला षड्यन्त्र हुन्छन रे, धेरै-धेरै गाली खाइन्छ रे, तनाब र कठिनाइहरु आउँछन रे, घाउ- चोट लाग्छन रे, रगत, पसीना र आँसुहरुपनी बग्छन रे, कति कुरा गुमाइन्छ भने कति कुरा पाइन्छ रे । यो सबै हाम्रो सम्बन्धमा भएको छ, यो सबै अनुभब मैले भोगेको छु । अनी हामी दुइमा भएको यो सम्बन्धलाइ प्रेम नभनेर के भनौं त म ?? माया र सम्बन्ध नभनेर के भनौं त म ..?? यसमा कुनै अर्को शब्द र दुइ मत नै भएन र छैन मसंग ।

जिवनको यती लामो समय कम हैन, आठ बर्ष भईसक्यो हामी संगै छौं,एक-अर्काको साथ छ, हप्तामा एकपल्ट पनी उनीलाइ नदेख्दा अनौठो नै लाग्छ। अब त अति नै भयो भनेर कार्यस्थल नै परिवर्तन गरें, तिनीबाट टाढाहुन कति कोशिश गरें तर आखीर घुमीफीरी रुम्जाटार भनेजस्तो उनीसंगै रहन जुरेको रहेछ। म जहाँ जान्छु उनी त्यही यो माथीबाट नै जुराएको त होलानी ..!!  उनको त्यो ठुलो स्वरुप पनी अहिले त राम्रो लाग्नथाल्यो, उनको त्यो तिखो र चर्को स्वर पनी कोहीलीको जस्तो लाग्नथाल्यो,उनी नराम्रो भएको देखें भने पुसपास गरेर राम्रो/ सुन्दर बनाउन मनलाग्छ । मेरो सपना, लक्ष्य र संघर्षमा उनकै साथ छ,उनकै हात छ, उनकै सहयोग छ । यसरी हरेक दिन हामी एक-अर्कामा रहेकाछौं, बसेकाछौं अनी यसलाइ प्रेम नभनेर के भनौं त ..?? अर्को खै कुन शब्द प्रयोग गरौं त ..!! विगत आठबर्ष देखी यो सम्बन्ध निरन्तर चलिरहेकोछ । यो विचमा ( दौडानमा) मैले धेरै गुमाएकोछु, धेरै पल्ट मरेको छु, धेरै पाएको छु,धेरै पल्ट पुरनर्जन्म लिएको छु । अहिले मलाइ यो कर्म-भुमीको माया छ, मलाइ सधैं साथदिने “प्रेम र सम्बन्ध” बसेको त्यो मेरो साथी, सियनसी मेशीनको साँच्चै नै मायाँ छ। यहाँका मानिस जस्ताहुन मतलब भएन, म कहिले सम्म यहाँ रहन्छु थाहाभएन, यी मेशीन चलाउने मानिस अरु आउलान,अवश्य पनी म मेरो जन्म-भुमी जान्छु पनी तर म यहाँ बसुन्जेल अर्थात नेपाल पुगेपनी यो मायाँ, यो सम्झना यी दिनहरु म विर्सने छैन । जिवनका यी तिता-मिठा क्षणहरु अवश्य पनी विर्षने छैन, यहाँको माटोमा मेरो पसीना बगेको छ, रगत बगेको छ, आँशुका धारा बगेकाछन् । त्यसैले त भन्छु म तिमी ( सियनसी मेशीन) संग, विगत आठबर्ष देखी सम्बन्ध रहेको छ, माया बसेकोछ,एक प्रकारको प्रेम बसेको छ, सम्झना बसेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...