Advertisement
SKIP THIS

ग्याङसाङनाम्दो विश्व दिवसमा भूकम्प पिडितका लागि राहत संकलन


फोनिजकोरिया सम्वाददाता
छाङवन, ग्याङसाङनाम्दो र छाङवन विदेशी मजदूर तथा परामर्श सेवा केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको ग्याङसाङनाम्दो विश्व दिवसको अवसरमा आइतबार दक्षिण कोरियाको छाङवनस्थित प्रोभिनल अडिटोरियम आउटडोर प्लाजामा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विभिन्न मुलुकको सहभागिता रहेको कार्यक्रममा नेपाल, भियतनाम, फिलिपिन, कम्बोडिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, उजवेकिस्तान, चीनलगायतका दश मुलुकका खानाका स्टलसमेत राखिएको थियो । विहान ११ बजे सुरु भएको कार्यक्रममा कोरियाको परम्परागत बाजा, बेली नृत्यका साथै केपप सहित कोरियन गायकगायिकाहरुले गीत तथा आर्कषक नृत्यहरु प्रस्तुत गरेका थिए ।

निशुल्क स्वास्थ्य परिक्षण, फेस पेन्टिङ, नेलआर्ट, हेयर कटिङ तथा विभिन्न परामर्शका स्टलहरु समेत राखिएको कार्यक्रममा विदेशीबिच गायनप्रतियोगिता समेत भएकोले अन्य मुलुकका सहभागी कलाकारहरुले कोरियन भाषा र आआपनो भाषाका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै विदेशी कामदार तथा विदेशी कामदारलाई राम्रो गर्ने कम्पनीहरुलाई समेत सम्मान गरिएको थियो । जसमध्ये राम्रो काम गर्ने विदेशी मजदूर मध्ये नेपाली कामदार नारायण पौडेल सम्मानित भएका थिए । उनले कम्पनीमा राम्रो काम गर्नुका साथै बिदाको दिन समेत स्वयंसेवकको रुपमा खट्दै आएका थिए ।

गायनप्रतियोगिता पहिलो, दोसा्रे र तेस्रो हुनेलाई नगद एवं चिठ्ठाबाट पहिलो दोस्रो र तेस्रो हुनेलाई साइकल र अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिएको थियो । कामदार, विद्यार्थी तथा विवाह गरेर आएका थुप्रै विदेशी युवायुवतीहरुको उपस्थिति रहेको कार्यक्रममा नेपालीहरुको सहभागिता भने कमै देखिन्थ्यो ।

‘नेपालमा गएको विनासकारी भूकम्पले देश शोकमा डुबेको बेला यस्तो कार्यक्रममा सहभागिता हुन पनि मन थिएन त्यसैले धेरै प्रचारप्रसार पनि नगरेको’, छाङवन विदेशी मजदूर तथा परामर्श सेवा केन्द्रमा कार्यरत स्नेहा लामाले फोनिजकोरियासँंग भनिन् । ‘नेपालीहरुलाई पिडा पर्दा हामी विदेशमा हुनेहरु कहाँ रमाउन सक्छौं र’ सँंगै रहेकी गंगा खतिवडाले थपिन् ।

हुन पनि हो यो पटकको महोत्सवमा झण्डै ८० जनाको सहभागी रहे पनि हरेक नेपालीको मुहारमा त्यति खुशी देखिदैन थियो । कार्यक्रमको मजा लिन भन्दा बरु भूकम्प पिडितको लागि थोरै सहयोग जुटाउन सकिन्छ कि भनेर राहत संकलनमा व्यस्त देखिन्थे नेपालीहरु । उक्त दिन ११ लाख ९४ हजार ९ सय वन संकलन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...