‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा


काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ ।

युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, स्लोभानिया र नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ प्रतिस्पर्धाका लागि छनौट भएको हो । स्वीजरल्याण्डको ड्याब्लोरेमा हुन लागेको अति नै प्रतिष्ठित ४७ औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल, ड्याब्लोरेमा नेपालबाट ‘भाग्यले बाँचेकाहरु’ मात्र छनौट भएको छ । यो फेस्टिबल अगष्ट ८ देखि १३ सम्म हुनेछ । यसैगरी, जुलाइ ३० तारिखदेखि सुरु भएको इटालीको सिर्भानो सिनेमाउन्टेन फिल्म फेस्टिबलमा अगष्ट ४ तारिखमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुँदैछ । अगष्ट ४ तारिखको शो लाई सिने माउन्टेन फिल्म फेस्टिबलले नेपाल विशेषका रुपमा मनाउँदैछ । यसैगरी, फिनल्याण्डमा हुन लागेको ‘भासा वाइल्डलाइफ फिल्म फेस्टिबल’मा ‘म्यान एण्ड नेचर क्याटेगरी’मा भाग्यले बाँचेकाहरु अवार्डका लागि मनोनयनमा परेको छ।

स्वीजरल्याण्ड र इटालीमा आगामी साता हुन लागेको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे सहभागी हुँदैछन् । निर्देशक पाण्डेका अनुसार, स्लोभानिया र नेदरल्याण्ड्सको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन भइसकेको छ भने अगष्ट महिनामात्र युरोपका तीन वटा देशमा प्रदर्शन हुँदैछ । बाँकी सात वटा महोत्सवमा आगामी दुई महिनाभित्र प्रतिस्पर्धाका लागि प्रदर्शन हुँदैछ । ‘छनौट भएकामध्ये अधिकांश माउन्टेन फिल्म फेस्टिबल हो, यसले नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रबर्धन गर्न मद्दत मिल्ने मैले विश्वास लिएको छु,’ निर्देशक पाण्डेले भने ।

सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘भाग्यले बाँचेकाहरु’ले युरोपका चलचित्र महोत्सवमा पनि अवार्ड जित्ने निर्देशक पाण्डेको विश्वास छ । बितेको छ महिनामा भाग्यले बाँचेकाहरु ३२ वटा भन्दा बढी चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ । यसअघि काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो ।

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् ।  यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...