कोरियामा टाटु बनाउदै लाखौ कमउदै नेपाली युवा


कोरिया आएका नेपाली युवाहरुमध्ये महिनाभरी साहुको काम गरेर लाखौ कमाउने त धेरै छन् तर वैकल्पीक पेशाको रुपमा आफ्नो शिप प्रयोग गरी लाखौ कमाउने कमै होलान । औलामा गन्न सकिने यस्ता शिपालु पौरखी युवा मध्ये एक हुन कमल थापा ।   उनी हाल कोरियामा टाटु बनाउने आफ्नो शिपलाई प्रयोग गरी लाखौ कमाउन थालेका छन् ।  हाल कोरियामा यसै पेशामा भ्याइ नभ्याइ छन् उनी ।

हप्ताभरी कम्पनीमा काम गर्छन । शनिबार र आइतबार दुई दिन टाटु बनाउन कोरियाको विभन्न शहर कहिले सउल त कहिले वुसान अनि कहिले थेगु र सुउन पुगी रहेका हुनछन् । फोनबाटै खवर आउछ टाटु बनाउने सामग्री लिएर त्यतै पुग्छन् । उनको बसाइ भने छल्लाबुक्तो गुनसानमा हो । उनी एक वाइल्डीइ० कम्पनीमा काम गर्दै आएका छन् । हुन त उनी ९ वार्ष अघि नै कोरिया प्रवेश गरेका थिए । मुनड्रप म्यानपावरबाट पहिला कोरिया प्रवेश गरेका थापा ३ वर्ष पछि नेपाल फर्के ता पनि सिवीटी परिक्षा दिएर पुनह कोरिया आएका हुन । एउटै कम्पनीमा लामो समयदेखि काम गर्दै आएकाले हप्ताको २ दिन विदा पाएकोले पनि उनको टाटु बनाउने व्यवसाय फस्टाउदो छ ।

काम गर्ने शिलशिलामै एक थाइल्यान्डका साथीसंगको संगतमा टाटु सिक्न पुगे । नेपालमै चित्रकला सिकेका थापालाई कलाप्रति ज्ञान र चासो भएकैले होला टाटु सिक्न निकै मद्यत पुग्यो । हालसम्म करिब २ सय जनालाई आफूले टाटु बनाएको सुनउछन् । टाटु बनाउने उनका ग्रहकहरु नेपालीहरु मात्र नभएर कोरियन, भियत्नामी र थायीहरु पनि छन् । कोरियनहरुले टाटु बनाउदा विषेश गरी ड्राइगन, माछा र फूल बनाइमाग्ने गर्छन भने नेपालीहरुले चही बुद्धको चित्र धेरैले बनाइ मागेपनि प्रेमिका, पत्नी र आमाको नाम साथै रक एण्ड रोल जस्ता टाटु पनि बनाउने गरेको थापाले सुनाए ।

टाटु बनाउदा प्रतिघण्टा ५० हजार कोरियन वन लिने गरेता पनि नेपालीहरुलाई भने अलि कमै लिने गरेको पनि थापाले सुनाए । ठूलो चित्र बनाउ परेमा ३ देखि ४ घण्टासम्म लाग्ने भएकाले पारिश्रमीक पनि १ लाख ५० हाजर वन लिने गरेको उनले बताए । यसरी एक हप्तामा दुई दिनको छुट्टीमा कम्तिमा पनि ४।५ जनाको बनाउने भएकाले हप्ताको ४ देखि ५ लाख कोरियन वन आय हुने गरेको थापाले खुलाए ।

नेपाल भैरहवा घर भएका थापा टाटु बनाउे शिपलाई नै कोरियामा आगामी दिनमा व्यवसाय बनाएर अघि बढ्ने योजनमा छन् । यसको लाइसेन्स लिएर कोरिया कै एक ठाउमा कार्यलय खोली इच्छुकहरुलाई  सिकाउदै टाटुकै व्यवसाय अपनाउने प्रकृयाको खोजीमा छन् उनी । नेपालमा टाटु सिक्न महंगो हुने भएकाले कोरिया आएका नेपालीहरुलाई यसको प्रशिक्षण दिने इच्छा रहेको पनि उनले सुनाए ।

tatoo           tatoo 1                tatoo2

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...