भरत सुवेदीको शब्द अनि मेलिना राईको स्वर रहेको अभिनय बजारमा


भरत सुबेदीको

सउल , कोरिया

 

मेलिना राई……पछिल्लो समयमा नेपाली गित संगीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो।सुमधुर स्वरकी धनि राईको  फ्यान नहुने सायद कमै होलान् नेपालमा। छोटाे समयमै निक्कै लोकप्रियता हासिल गरिसकेकी यी गायिकाले थुप्रै नेपाली गित अनि गजलहरुमा आफ्नो स्वर दिइसकेकि छिन् । यसैक्रममा मेलिना राईको सुमधुर स्वरमा सजिएको अर्को मर्मस्पर्शी गित बजारमा आएको छ।

दक्षिण कोरियामा कार्यरत भरत सुवेदीको शब्द ,नेपालका चर्चित संगीतकार ,श्रीकृष्ण बम मल्लको संगीत अनि उनै मेलिना राईको स्वर रहेको गितको म्युजिक भिडियो हिजो मात्रै सार्बजनिक भएको छ।सिडीयम म्युजिक क्रियसनको प्रस्तुतिमा रङ्गा फिल्मको ब्यानरमा निर्माण  गरिएको यो गितको म्युजिक  भिडीयो दक्षिण कोरियाको विभिन्न सहर अनि रमणिय पार्कहरुमा खिचिएको हो। भिडीयोमा कोरियामै कार्यरत,दिपल सारु,चाँदनी घले र सुयना सत्त्यालको दमदार अभिनय रहेको छ भने कोरियामा पछिल्लो समयमा आफ्नो क्यामेराको जादु देखाइरहनु भएका नरेन श्रेष्ठको छायांकन  रहेको छ, साथै यो भिडीयोको निर्देशन एवम् सम्पादन निक्कै प्रतिभाशाली रमेश जङ  थापाले गर्नु भएको छ।

पछिल्लो समयमा कोरियामा थुप्रै म्युजिक भिडीयोको निर्माण भएका छन् तर पनि गुणस्तरिय म्युजिक भिडीयोको निर्माण हुन सकिरहेको थिएन। प्रबासमा बसेर पनि नेपाली  गित संगीतलाई एउटा योगदान दिने किसिमले संम्भब भएसम्म उत्कृष्ट काम गरिएको छ ।बिदेशमै रहेर पनि नेपालको जस्तै उत्कृष्ट म्युजिक भिडीयो बनाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हो,भरत सुबेदीको यो गित।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...