Advertisement
SKIP THIS

फेन्थेकका नेपालीहरुद्वारा संकलित भूकम्प राहत रकम सार्बजनिक


फोनिज कोरिया संवाददाता सोल-कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमा यहि बैसाख १२ गते गएको विनासकारी महा भूकम्पका पिडितलाई राहत सहयोग गर्ने क्रम चलिरहेको छ l यसै क्रममा फेरी बैसाख २९ गते नेपालमा बिभिन्न भागमा गएको भुकम्पले धेरै धनजनको क्षति पुर्याइरहेको छ l
कोरियाको फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली समितीले पनि गत बैसाख १३ गतेदेखि नै नेपालको भूकम्प पिडितहरुलाई सहयोग पुर्याउने उदेश्यले कोरियामा राहत संकलन गरी हालसम्म जम्मा गरेको रकम ४८,७६,००० कोरीयन वन (नेपाली रुपैया – ४ लाख ५२ हजार २ सय चौतिस ) नेपाल सरकारको रास्ट्रीय दैबी प्रकोप तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरि नेपाल पठाइसकेको छ l

हालै गएको महा भूकम्प पिडित राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोष नेपाल सरकारले विशुद्ध राहत,उध्दारका लागी स्थापना गरेको र सो कोषको प्रयोग दैवी प्रकोपवाट प्रभावितहरुको उध्दार,राहत, पुनर्सथापनाका साथै दैवी प्रकोप एवं विपत्तीवाट क्षतिग्रस्त संरचनाहरुलाई पुरानै स्वरुपमा फर्काउने कार्यका लागी प्रयोग गरिने गरिन्छ । नेपाल सरकार एवं राष्ट्रिय तथा अन्तराष्ट्रीय श्रोतहरुवाट राहतका लागी प्राप्त हुने रकम नितान्त दैवी प्रकोपवाट प्रभावितहरुलाई राहत प्रदान गर्ने कार्यका लागी मात्र उक्त कोषमा जम्मा गरिने हुनाले सोहि बिषयलाई मध्यनजर गर्दै नेपाल सरकारको खातामा संकलित रकम पठाउने निर्णय गरीएको समितिका बरिस्ठ उपाध्यक्ष भक्त थापाले बताएका छन् l

नेपालमा महा बिपत्तिमा परेका पिडित नेपालीहरुलाई सहयोगार्थ खुला हृदयले आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई फेन्तेक नेपाली समितिले हार्दिक आभार ब्यक्त गर्दै यस चरणको आर्थिक संकलन अभियान अन्त गरीएको जानाकारी गरेको छ l साथै यसरी आगामी दिनमा पनि हरेक नेपालीको दुखमा एक ढिक्का भएर सबैसग हातेमालो गर्दै सहयोगमा जुट्ने र जुटाउने पनि अठोट लिएको छ l
फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सहयोगदाता हरूको नामावली विवरण आफ्नै आधिकारिक फेसबुक पेज फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र नेपाली समितिमा प्रकाशित गरेको पनि जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...