कोरोना परीक्षण किट किन्‍न कोरियामा १४ करोड २६ लाख वन संकलन


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन १४ कराेड २६ लाख ३७ हजार ७ सय ७९ वन भएको छ ।

बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेका हुन् । ‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेको कम्पनीसँग सम्झौता गरेका छौं । प्रति किट झन्डै दुई हजार रुपैयाँमा २ हजार थान किट किन्न लागेका हौं । नेपालमा रहेका प्रयोगशालाका लागि लागि समेत यी किट उपयुक्त हुने भन्ने व्यवहोराको आधिकारिक संस्थाबाट हामीले पत्र पाएका छौं,’  संघका अध्यक्ष यज्ञराज सुबेदीले भने ।

‘हामीले देशका लागि सक्दो सहयोग गर्न खोजेका हौं । यहाँ रहेका धेरै नेपालीले सहयोग गरिरहनु भएको छ । पहिलो चरणमा परीक्षण किट पठाउँछौं र बाँकी पैसा सबैसँग छलफल गरेर प्रयोग गर्नेछौं,’ अभियानका संयोजक यदु लामिछानेले बताए ।

२ हजार थान किट किन्न रकम संकलनका लागि अभियान सुरु गरिएको भए पनि आवश्यकभन्दा बढी रकम संकलन भएको गैर आवासीय संघ कोरियाले जनाएको छ । थप किट किन्‍न समय लाग्ने हुँदा बढी भएको रकमबारे छलफल हुने संघका अध्यक्ष सुवेदीले भने, ‘कोरियाकै लागि बेच्‍न राखिएको दुई हजार थान किट हामीले पाएका हौं । थप किन्‍न परे केही समय कुर्नपर्छ । त्यसैले बढी भएको सहयोग रकम किट नै किन्‍ने हो कि कोरोनासँग लड्न प्रयोग हुने अन्य सामाग्री किन्ने भन्ने छलफल गर्दैछौं ।’

२ हजार थान किट कसरी नेपालसम्म पुर्‍याउने भन्ने विषयमा भने संघ चिन्तित छ । ‘मार्च ३० मा कोरियन एयर काठमाडौं जाँदैछ भन्ने थियो । त्यसैमा पठाउने भनेको तर त्यो रद्द भयो रे । त्यसको विकल्पमा चीन हुँदै पठाउन सकिन्छ कि भनेको त्यो पनि विभिन्न नीतिगत कारणले सम्भव देखिन्‍न । अझै कसरी छिटो पठाउन सकिन्छ, हेर्दैछौं,’ रकम संकलन अभियानका संयोजक लामिछानेले बताए ।

केही अघिसम्म कोभिड–१९ को उद्गमस्थल चीनपछि सबैभन्दा प्रभावित दक्षिण कोरियाले हाल विश्वका अन्य राष्ट्र पनि कोरोना परीक्षण किट निर्यात गरिरहेको छ । मंगलबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली समकक्षी मुन जाय–इनलाई टेलिफोन गरी कोरोना नियन्त्रणका लागि सहयोग माग गरेको दक्षिण कोरियाली पत्रिका ‘कोरियन हेराल्ड’ले उल्लेख गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...