दिपक बिष्ट
सपनामा दशैं
दशैंको चहलपहल चलिरहेको थियो । गाउँ घरमा प्रदेशबाट लाहुरेहरु घरमा आइसकेका थिए । नआएकाहरुका आमा बुबाहरु मलिन मुद्रामा देखिन्थे । सबैका घरहरु उज्याला भएका थिए । खेतमा धान पाकेर झुलिरहेको दृश्य देखिन्थ्यो। सबै काम थाती राखेर दशैं मनाउने चटारो चलिरहेको थियो । केटा केटीहरु रमाइलो गर्दै दौडिरहेका थिए । हाम्रो घरमा पनि दशैको चहलपहल चलिरहेको थियो । आमालाई सबै कुराको चाँजोपाँजो मिलाउन हतार हतार थियो। भाइहरु पनि आफ्नै धुनमा थिए । म भने सुतिरहेको थिएँ आमाले छिटो उठ नुहाइधुवाइ गर भन्दै हुनुहुन्थ्यो । म भने अटेरी बनेर सुतिरहेको थिएँ ।फुर्सदमा