एइडेन छन्त्याल
मतपरिणाम देशविकासको लागि दिएको अन्तिम अवसर
नेपाली जनता देशमा शुसासन, स्थिरता सँगसँगै विकास र समृद्धि चाहन्छ भन्ने गतिलो उदाहरण हो यसपालीको वाम गठवन्धनले देशमा हुने स्थिरता र विकासको नाराप्रतिको चुनावी परिणाम । झट्ट हेर्दा नेपाली जनता सजिलै भावनामा वहकिने जस्तो देखिएतापनि विकासका कुराहरु सँधै चुनावी नारामात्र भई चुनावपश्चात धेरैचोटी धोका पाईरहँदा स्पाटिलो धारझैँ तिखारिएको छ । देशमा लामो समयसम्मको द्धन्द्धवाट वाक्कदिक्क भएर विकासको ठूलो आसका साथ २०६२/६३ को जनआन्दोलनपश्चात भएको पहिलो संविधानसभाको चुनावमा तत्कालिन माओवादी पार्टीलाई पहिलो दलको रुपमा सांसद भवनमा पु¥याईदिएको थियो । तर विडम्बना चुनावपश्चात उक्त पार्टीमा जुन प्रकारको विजयीको दम्भ देखियो, शुसासन, सदाचारफुर्सदमा