तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
काेरियामा नेपाली साईकल यात्रीहरुले प्राप्त गरे गाेल्ड मेडल

इपिएस प्रणाली मार्फत काेरिया आई रोजगारीमा रहेका ४ जना नेपाली साईकल यात्रीहरुले “स्वास्थ्य नै धन हाे, साईकल चलाउनु एउटा प्याशन मात्र नभई स्वास्थ्यकाे लागि अति उत्तम कसरत हाे ।” भन्ने नारा सहितको सउल बुसान साईकल मार्ग सम्पन्न गरेकाे साईकल यात्रीहरुले यस वर्षकाे छुसक विदा (2022.09.) मा भने व्यानरमा संसारका सर्वाेच्च शिखर सगरमाथालाई प्रवर्द्धन गर्दै काेरियामा रहेकाे विश्व प्रसिद्ध जेजु-दाे टापु (Jeju-do island) 234 km साइकल मार्ग सफलता पूर्वक सम्पन्न गरेकाफुर्सदमा
कोरियाको थेगुमा अक्टोबर ०२ मा “प्रथम लाफा भलिबल प्रतियोगिता” हुने

कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा आउँदो अक्टोबर ०२ मा प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ आयोजना हुने भएको छ । स्वास्थ्य र मनोरञ्जनका लागि खेल, परदेशमा नेपालीहरुको मेल” भन्ने उद्घोषसँगै थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता मार्फत कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा पुग्ने विश्वास व्यक्तफुर्सदमा
तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाजलाई

कोरिया स्थित नेपाली परोपकार समाजद्वारा आयोजित “तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२” को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको गुजि खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाली परोपकार समाज विरुद्ध सोझो सेट २३/२५ र २२/२५ मा अग्रता लिएको बागलुङले नगद २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल आयोजकफुर्सदमा
कोरियाको किम्हेमा आकर्षक पुरस्कार राशीको पूल प्रतियोगिता हुने

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङसाङनादो बुसान शाखाको आयोजनामा आउँदो सेप्टेम्बर २५ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको प्रथम पूल प्रतियोगिता हुने भएको छ । स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो । नेपाली समुदायविच भएको ख्यङ्साङ् क्षेत्रकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिदै पछिल्लो समय युवा पुस्ताको पूल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकीफुर्सदमा
कोरियामा बाग्लुङ कालिका कप २०२२ को तयारी तिब्र

प्रतिभावान खेलाडिको खेल कौशल , आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उदेश्य सहित बाग्लुङ समाज दक्षिण कोरियाले ‘बाग्लुङ कालिका कप मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०२२” को आयोजना गरेको छ । आउदो अगष्ट १४ तारिक आनसानको 와동체육관 मा सन्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको सन्स्थाका सचिब राजु नेपालीले बताउनु भयो । उक्त प्रतियोगिताको बिजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्तफुर्सदमा
कोरियाको सुवनमा गोरे बहादुर खपाङ्गी मगर स्मृति कप फुटसल प्रतियोगिता अगष्ट २८ मा हुने

कोरियाको सुवन खेलमैदानमा नेपाल मगर संघ गणतन्त्र कोरियाले आउँदो अगष्ट २८ फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धि हुने अपेक्षा सहित सुवन स्थितको खेलमैदान (경기도 수원시 권선구 매송 고색로 903) मा गोरे बहादुर खपाङ्गी स्मृति कप आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष टेक पुनले बताए । प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन आकर्षक ट्रफी,फुर्सदमा
नेपाली परोपकार समाज थेगुले सेप्टेम्बर ११ मा भलिबल प्रतियोगिता आयोजना गर्ने

कोरिया स्थित नेपाली परोपकार समाज (NPS) थेगुले आउँदो सेप्टेम्बर ११ मा तेश्रो एनपीएस भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “प्रवासी एकता हाम्रो प्रतिबद्धता, स्वास्थ्यको लागी खेल अनिवार्य आवश्यकता” भन्ने नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा उद्धेश्यले थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष निमेश गुरुङले बताएफुर्सदमा
मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न

कोरियाको मध्य पूर्वी भेगमा रहेको मुन्माक र जेछन क्षेत्रमा रहेका नेपाली फूटबल टिम मुन्माक एनएफसी र जेछन एनएफसी विच गत आइतबार मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । मुन्माक स्थित एक खेलमैदानमा भएको उक्त प्रतियोगितामा मुन्माकले जेछन विरुद्ध ३-२ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा मुन्माक एनएफसी विजेता बनेको हो । जेछनका खेलाडी किशोर लिम्बुले दुई गोल गरे पनि मुन्माकको तर्फबाट टिम कप्तान सुनिल राईले एक गोल र समीरफुर्सदमा
किम्हेमा सम्पन्न ख्यङ्साङ्नाम्दो कप प्रतियोगिताको उपाधीमा तमू धीं थेगु एफसीको वर्चस्व

कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आयोजना गरेको ख्यङ्साङ्नाम्दो फूटसल कप प्रतियोगितामा तमू धीं थेगु एफसीले प्रथम स्थान हासिल गरेको छ । किम्हे सहरमा सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा सुवन एफसी विरुद्ध २-१ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा तमू धीं थेगु शाखाले नगद तीस लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्नफुर्सदमा
थेगुमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङ समाजको पोल्टामा

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको आयोजनामा सम्पन्न दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको कुजी खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाल मगर संघ थेगु शाखा विरुद्ध सोझो सेट (२५/१८, २५/१९) मा अग्रता लिएको बागलुङले नगद पन्ध्र लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिलफुर्सदमा