उत्तर कोरियाका रक्षामन्त्री छुललाई मृत्युदण्ड
फोनिज कोरिया संवाददाता सोल-उत्तर कोरियाका रक्षा मन्त्रीलाई फाँसी दिइएको दक्षिणको कोरियाले जनाएको छ ।दक्षिण कोरियाका खुपिया (इन्टेलिजेन्स) संस्थाले जनाए अनुसार उत्तरुकोरियाका नेता किम जोङप्रति बफादारी नबनेको र उनी सहभागी कार्यक्रममा निदाएको अभियोगमा रक्षामन्त्री ह्योन योङ छुललाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको हो।
बिबिसीले जनाए अनुसार गत अप्रिल ३०मा ह्योनलाई राजधानी प्योङयाङदेखि २२ किलोमिटर उत्तरी क्षेत्रमा एन्टी एयरक्राफ्ट गनले प्रहार गरिएको थियो।
उनलाई अप्रिलमै हिरासतमा लिएर कुनै कानुनी सुनुवाई नगरी मृत्युदण्ड दिइएको हो। ६६ वर्षे ह्योन सन् २०११ मा नेता किम जोङ इलको निधनपछि दाहसंस्कार समितिमा रहेर काम गरेका थिए।