नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखामा नयाँ कार्यसमिति चयन
फोनिज कोरिया सम्वाददाता
सोल, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको पाँचौं अधिबेशन आइतबार कोरियाको राजधानी सोलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ ।
लिलु डुम्रे र राजु सन्तोषी थापा केन्द्रिय पार्शद रहेको उक्त कार्यसमितिमा परदेशी लाइफ डट कमका सम्पादक खेम कार्की अध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रञ्जन कुँवर,, उपाध्यक्षमा बिकाश श्रेष्ठ र एकदेव पाण्डे (सन्दिप) , सचिवमा ऐश्वर्य श्रेष्ठ, सहसचिवमा मञ्जु गुरुङ र कोषाध्यक्षमा दुर्लभ पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा उमेश राई, कुष्णप्रसाद बस्याल, नेत्रनारायण पौडेल, सपना सुनुवार र किसन गौतम रहेका छन् । कार्यक्रममा आदिवासी जनजाती महासंघ दक्षिण कोरिया, नेपाल सम्पर्क समिति एनसिसि र वुमन फर वुमन संस्थालाई समेत सम्मान गरिएको थियो ।