साहुको दुर्घटनामा मृत्यु भएपछि कम्पनी बन्द , नेपाली कामदार अन्यौलमा
फोनिज कोरिया सम्बाददाता
दक्षिण कोरियाको ख्यइ०गी दो ख्यावइ०जु शहरमा रहेको खागावन नामक एक फर्निचर कम्पनीको मालिक अचानक सवारी दुर्घटनामा परी निधन भएपछि सो कम्पनीका कार्यरत नेपाली र कोरियन गरी १० जना कामदारको विच्चली भएको छ ।
गत जुन २८ तारिख राती ११ बजे तिर हाइवेमा सवारी दुर्घटनामा परी सो कम्पनीका मालिक खिम गी वनको निधन भएको थियो । सो सवारीमा रहेको अन्य कम्पनीका दुई जनाको पनि तत्काल मृत्यु भएको संचारमाध्यमले जनाएको छ ।
सोही कम्पनीमा कार्यरत २ जना महिला र ३ जना पुरुष नेपाली कामदारहरुले नोदोइ०बुमा निवेदन गरी एक हप्ता पछि बल्ल अर्को ठाउँ काम गर्न मिल्ने प्रक्रृया पुराएर कम्पनी बाहिर निस्केका छन् । कार्यरत महिनाको तलब र थेजिकमको लागि कानुनी प्रकृया पुराउन वकिललाई जिम्मा दिएको एक नेपाली कामदारले जनाए ।
अचानक साहुको मृत्यु भएपछि भोलिपल्टदेखि नै कामदारहरु विना माउको बच्चा जस्तो अलमल परेको त्यही कार्यरत नेपाली कामदारले बताए । तुरुन्तै कम्पनी समाल्ने साहुको कोही पनि नभएकोले त्यस्तो अवस्थाको सृजना भएको उनको भनाइ छ । साहुको पत्नी पारपाचुके गरिसकेको र एक मात्र छोरा पनि आमा संगै बसेर विद्यालयमा पढ्दै गरेको र साहुका दाज्यु भाई कोही पनि नभएकाले पनि कामदारहरु अन्यौलमा परेका थिए ।