Advertisement
SKIP THIS

भूकम्प र अग्नी पीडितलाई सहयोग गर्न कन्सर्ट


फोनिज कोरिया संवाददाता

सोल-यो बर्षको बैशख १२ गते नेपालको लागि कालो दिन बन्यो । यसै दिन आएको विनाशकारी भूकम्पले हजारौं नेपालीको ज्यान गयो भने लाखौं घरबार बिहिन भएका छन् । कसैको घर भत्किएको छ भने कसैको परिवारमा धनजन क्षति भएको छ । त्यस्ता भूकम्प पिडितलाई सहयोग बिदेशी दातृ निकायले मात्र होइन संसारमा छरिएर रहेका नेपालीहरुले पनि होस्टेमा हैसे मिलाएका छन् । कोरियामा रहेका नेपालीहरुले पनि आ–आफ्नो गच्छे अनुसार सहयोग गरेका छन् । यहि क्रमममा सेभ नेपाल फुटवल फाउण्डेशनले सहयोग जुटाउनकै लागि कोरियामा सांगीतिक कन्सर्ट आयोजना गर्न लागेको छ ।

indira

बुद्ध जयन्तीको अवसरमा पारेर मे २४ मा आयोजना गर्न लागिएको कन्सर्ट तताउन गायक एन्ड्रीन प्रधानले नेतृत्व गरेको १९७४ एडी ब्याण्डले लाइभ प्रस्तुति दिने छ । त्यस्तै गायिका इन्दिरा जोशी, नेपाली तारा प्रताप लामा, नृत्यकार परिना राईले पनि साथ दिने छन् । कार्यक्रम संचालन गर्न भने पूर्ब मिस नेपाल सदीक्षा श्रेष्ठ आउनेछिन । सोलस्थित छाम्सिल जिम्न्यास्टिक हलमा हुने कन्सर्टबाट उठेको रकम ताप्लेजुङ फूङलीङ बजारमा आगलागी पिडितलाई पनि सहयोग गरिने फाउन्डेसनका अध्यक्ष आङ तेण्डी शेर्पाले बताए । गत चैतमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका थिए भने आगलागीबाट ९० परिवार विस्थापित भएका थिए ।

pratap lm

‘हामी नेपाली’ नाम दिइएको कन्सर्ट आयोजना गर्नुको अर्को कारण रहेको पनि अध्यक्ष शेर्पाले खुलाए । कोरियाली समाजमा अझै शान्तिका दूत भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रम रहेको छ । यो भ्रम कोरियनहरु र सारा विश्वभर चिर्न यो कन्सर्टको आयोजना गर्न लागिएको उनको भनाइ थियो । यसका लागि ‘बुद्ध वाज बोर्न इन नेपाल’ लेखिएको ब्यानर, पर्चा र टि सर्ट व्यवस्था गरिएको छ ।

बिदेशमा रहेर पनि स्वदेशमा केहि गर्न सकिने भएकाले कन्सर्ट गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो सानो प्रयास भूकम्प र अग्नी पिडीतलाई महत्वपूर्ण राहत बन्न पनि सक्छ । ’ उनले थपे ‘यो प्रयासमा सामेल हुन कोरियामा रहेका सबै नेपालीलाई अनुरोध गर्दछु ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...