बुसानमा ” बुसान नेपाली आवास गृह “


फोनिजकोरिया सम्वादाता
बुसान
 नेपालिहरुका लागि रोजगारिको आकर्सक गन्तव्य बनेको दक्षिण कोरियामा नेपाली हरुको सङ्ख्या दिनहु बृद्दी भए सङ्गै अनेक समस्याहरु पनि बढिरहेको छन; आफ्नो देश र घर परिवार बाट टाढा हुनुको पीडा एकातिर छदै छ अर्को तिर सपनाको देश कोरिया आइसकेर पनि यहा थुप्रै समस्याहरु आइपर्दा पीडा माथी पीडा थपिने गरेको छ । नेपालिहरुको यिनै पीडा र समस्याहरुलाइ मध्यनजर गर्दै कोरियाको दोस्रो ठूलो सहर बुसानमा स्थापित सामाजिक सघ सस्थाहरुले आपत बिपत पर्दा, काम छोडेर बसेको बेला साथै अन्य समस्या पर्दा बस्ने नेपालिहरुको साझा घर “बुसान नेपाली आवास गृह ” बुसानको सासाङमा यहि 2016 जुलाइ 3 तारिक आइतबारबाट सन्चालनमा ल्याउने भएका छन ।
आवास गृह स्थापनार्थ NRN बुसान, NCC बुसान र किरात राई यायोक्खा बुसानको सयुक्त आयोजनामा “द एक्स ब्यान्ड लाइभ कन्सर्ट” कार्यक्रम गत मे 1 तारिक बुसानमा सम्पन्न गरेको थियो ।सो कार्यक्रम पश्चात् आयोजक सस्थाहरुले बुसानमा रहेका अन्य सबै सामाजिक सघ सस्थाका प्रतिनिधिहरुलाई उपस्थित गराई मे २२ तारिक सम्पन्न बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरे पछि आवास गृह स्थापना गर्ने कार्यले तिब्रता पाएको हो ।
त्यस अन्तरकृया कार्यक्रमबाट गठित ” बुसान नेपाली आवास गृह ” ब्यवस्थापन समितिमा NRN बुसान , NCC बुसान, कि रा या बुसान लगायत नोक्सान नेपाली परिवार, सुदुर पश्चिम समाज बुसान, मगर सघ किमे थेगु बुसान , नेपाली प्रबासी महिला सघ बुसान गरि जम्मा सात वटा सस्थाका 2/2 जना प्रतिनिधि रहेका छन भने सम्योजक, उप सम्योजक र सचिवमा क्रमश: NCC बुसानका अध्यक्ष सङ्गीत अधिकारी, NRN बुसानका अध्यक्ष रबिन राई र नोक्सान नेपाली परिवारका सल्लाहकार प्रशन्न पौडेल रहेका छन । सासाङ बस टर्मिनलबाट उत्तर पुर्व 부산 사상로 212 번길 मा रहेको भवनमा आवास गृह सन्चालनमा आउने पक्का पक्की भए सङ्गै यस ” बुसान नेपालि आवास गृह” ब्यवस्थापन समितिका सम्योजक तथा NCC बुसानका अध्यक्ष सङ्गीत अधिकारिले बर्सौ देखि अनेक प्रयासहरु भएपनी असफल भैरहेको काम आफ्नो सम्योजकत्वमा शुरु हुदा धेरै खुशी लागेको अनुभव सुनाउदै यहाँ रहेका सघ सस्थाहरुको सस्थागत उदेश्यमा बिबिधता रहेपनि बुसान आसपास रहेका सम्पुर्ण नेपालिहरुको हितका लागि गरिने सामाजिक काममा कार्यगत एकता हुनै पर्ने कुरा ब्यक्त गर्नुभयो भने उप सम्योजक तथा NRN बुसानका अध्यक्ष रबिन राईले पनि सामाजिक कार्यमा सस्था सस्थाबिच खुट्टा तानातान गर्नु भन्दा सहकार्य नै अपरिहार्य रहेको कुरामा जोड दिदै आवास गृह लाई दिर्घकालिन र सु-ब्यवस्थित बनाउदै लान आफुहरु दृढ सङ्कल्पका साथ अगाडि बढेको कुरा र यस कार्यमा साथ दिने सबै सस्थालाइ धन्यबाद ब्यक्त गर्नुभयो ।
त्यसै गरि आवास गृह स्थापनार्थ शुरुबाटै तन मनबाट खटिरहनुभएका किरात राई यायोक्खा बुसानका अध्यक्ष आनन्द राईले यस आवास गृहले समस्यामा परेका नेपालीहरुको पीडा ब्यथामा थोरै भए पनि मलम पट्टिको रुपमा काम गर्न सक्नेमा आफू बिश्वस्त रहेको र आवास गृहलाइ ब्यवस्थित बनाउन सस्थागत र ब्यक्तिगत दुबै तवरले अहोरात्र खटिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो । आवास गृहका लागि चाहिने आधारभुत अत्यावश्यक सामग्री हरुको ब्यवस्था गर्ने उदेश्यका साथ ब्यवस्थापन समितिले यहि आउदो 31 जुलाइ 2016 मा नेपाली कथानक चलचित्र “गाजालु” बुसानमा प्रदर्शन गर्ने भएको छ साथै आवास गृह सन्चालनमा आएको केही दिन भित्रमा औपचारिक उद्घाटन पनि गर्ने जानकारी “बुसान नेपाली आवास गृह ” ब्यवस्थापन समितिले दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...