ताप्लेजुङ अग्निपिडितलाई ईलाम सुर्योदय कोरियाद्धारा सहयोग हस्तान्तराण
फोनिज कोरिया संवाददाता सोल-ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले ताप्लेजुङको आगोलागी पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।दक्षिण कोरियामा कार्यरत ईलामेली युवाहरुको सक्रियतामा संकलित रकम रु ८५ हजार शुक्रबार हस्तान्तरण गरेका छन् ।
सो रकम ताप्लेजुङ उधोग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलाई ईलाम सुर्योदय सेवा समाज सम्पर्क व्यक्ति गाविन्दप्रसाद लामिछानेले हस्तान्तराण गरेका हुन् ।ईलाम सुर्योदय सेवा समाजका अध्यक्ष हरि खनालको नेतृत्वमा रकम संकलन गरी नेपाल पठाएको हो ।डेढ महिना अघि ताप्लेजुङमा आगोलागी हुंदा ४८ घर जलेर नष्ट भएका थिए ।
दक्षिण कोरियाका विभिन्न संघसंस्थाहरुले ताप्लेजुङ आगोलागी पिडितका नाममा रकम संकलन गरेपनि हालसम्ममा ईलाम र संघिय लिम्वुवान समाज कोरियाले मात्र रकम हस्तान्तरण गरेको थाहा हुन आएको छ ।