कोरियाबाट डोल्माको गुहार ‘कृपया बचाई दिनुहोस’


देवेन्द्र सम्बाहाम्फे

सोल-दोलखा खोपाचाकुकी डोल्मा शेर्पाले सानो छन्द नर्स बनेर बिरामीहरुको उपचार गर्ने सपना बुनेकी थिइन् तर त्यो सपना पुरा हुन नपाउदै सिन्धुपाल्चोकका दोर्जे शेर्पाको अर्धांगिनी बन्नुपर्यो | दोर्जेसंग जिबनसाथीको साइनो गासिएपछि एक छोरा र एक छोरी जन्मिए | परिवार पाल्न र छोरा छोरी हुर्काउन बढाउन दोर्जे कहिले मलेसिया र कहिले भारत गए | डोल्मा गाउमै छोराछोरीको स्याहार सुसार गर्दै बस्थिन | दोर्जे नेपाल हुँदा गाउँमा भन्दा काठमाडौं बस्ने गर्थे | काठमाडौंको रङ्गीन बातावरणमा रुमल्लिएका दोर्जेले डोल्मालाई बिर्सिंदै गए | बर्षौं डोल्मा ४,५ बर्ष बितिसक्दा पनि दोर्जे सम्पर्कमा आएनन | दोर्जेको अभावमा छोराछोरी हुर्काउनु उनलाई पर्नु कस्ट पर्यो |

 
दोर्जे हराएपछि बैबाहिक भिसामा कोरिया आउने योजना डोल्माले बनाइन | यसमा गाउँले दिदीहरुले डोल्माको कान फुकी दिए | ‘कोरियन पुरुषसँग बिबाह गरे भविष्य उज्वल हुन्छ’ भनेर ती गाउँले दिदिहरुले डोल्मालाई भनेका थिए | उनीहरुले नै केटा खोजेर नेपाल पठाए | अनि आफू भन्दा २३ बर्ष जेठोसंग बिबाह गरेर कोरियाको छन्जुमा गाउँमा आइन | यहाँ आएपछि थाहा पाइन् श्रीमान पहिलो श्रीमतीसंग समबन्ध बिच्छेद गरेर बसेका रहेछन | छोरा छोरी पनि आफु समानका रहेछन |

 
श्रीमान ट्याक्सी ड्राइभर थिए | भाषा जानी नजानी डोल्माले एउटा कम्पनीमा काम गर्न थालिन | दुख सुख एक वर्ष चलिरहेकै बेला श्रीमान सवारी दुर्घटनामा परेर मृत्यु भयो | त्यससंगै उनि संकटमा परे | नियम अनुसार डोल्माले श्रीमानको बिमा पाउनुपर्ने भए पनि जेठीपट्टिकाले नक्कली बिबाह गरेको भन्दै अदालतमा मुद्दा हाले | अझ उनको भिसा रद्द गराई दिन अध्यागमन विभागमा निबेदन दिए | भाषा अज्ञानताका कारण सबै निकायमा मनको कुरा राख्न सकिनन् | क्षतिपूर्तिको मुद्दा अझै चलिरहेको छ | आफुले कोरियाली कानुन बमोजिम न्याय पाउने वा नपाउने हो उनि अनभिज्ञ छिन् |

 
श्रीमान बितेको बर्ष दिन हुँदा नहुँदै उनलाई बोनम्यारो अभाव भयो | अलीअलि कमाएको पैसाले उपचार गरेपछि लिज्जा काफ्लेको सहयोगमा फेरी काम गर्न शुरु गरिन | ३ महिना जाति काम गर्दागर्दै उनलाई पुन बोनम्यारो अभाव भयो र केहि दिनदेखि सुवनको आजु बिश्वविद्यालयको अस्पतालमा उपचार गराईरहेकी छिन् | चिकित्सकहरुले किमो थेरापी गराएका छन् | किमो थेरापीपछि बोनम्यारो प्रत्यारोपण गर्न भनेका छन् | हप्ता दिनमै अस्पतालको बिल ६० लाख वनभन्दा बढी उठेको छ | बोनम्यारो प्रत्यारोपण महँगो अझ हुने भएको र आफुसंग पैसा नभएकाले डोल्माले अस्पतालको शैय्याबाट आफ्नो जिबन बचाई दिन संसारभारी रहेका नेपालीलाई गुहार मागेकी छिन् | उनले भक्कनिन्दै भनिन्  ‘कृपया बचाई दिनुहोस | ’

 
सहयोग गर्न चाहनेहरुले सोलस्थित नेपाली दूताबास वा डोल्मालाई 01046985522 मा फोन गरेर सहयोग गर्न सकिनेछ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...