Advertisement
SKIP THIS

अप्रिल१२ मा ‘इच्छा’ आउंदै


नोमराज गुरुङ

 

स्याङ्जा परिवार दक्षिण कोरियाले अगामी एप्रिल १२ तारिखमा नेपाली नयाा वर्ष २०७२ को अवसर पारेर चलचित्र ‘इच्छा’ प्रदर्शन गर्ने भएको छ ।

 

सोलको दोङ्देमुनमा नेपाली नयाँ वर्षको अवसरमा चलचित्र ‘जाउा हिाड पोखरा’ प्रदर्शन गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा चलचित्रका निर्देशक शोभित बस्नेतले धोका दिएपछि स्याङ्जा परिवारले नेपाली चलचित्र ‘इच्छा’ प्रदर्शन हुने भएको हो |

 

स्याङ्जा परिवारले चलचित्र ‘जाउा हिाड पोखरा’ प्रदर्शनको लागि पोष्टर, टिकट, निमन्त्रणापत्र तथा सम्पूर्ण प्रचार प्रसार सकाईसकेको अवस्थामा निर्देशक बस्नेतले गएको हप्ता मात्रै चलचित्रको सम्पादन अप्रिल १२ सम्म नसकिने जानकारी दिएका थिए ।

 

अन्तिम समयमा आएर बस्नेतले धोका दिएपछि परिवारले तत्काल मुनाल घिमिरेद्धारा निर्देशित चलचित्र ‘इच्छा’ को निर्माण पक्षसाग कुरा गरी प्रदर्शन गर्ने पक्का गरेको हो ।

 

सुरुको तयारीमा चलचित्र ‘नाई नभन्नु ल–३’ प्रदर्शन गर्ने तयारी गरेको थियो । निर्माण युनिटले चलचित्र जेभिसी फाईलमा मात्रै दिने तर कपि फाइल नदिने भएपछि ‘नाई नभन्नु ल–३’ क्यान्सिल भएको थियो ।

 

‘नाई नभन्नु ल-३’ क्यान्सिल हुनासाथ स्याङ्जा परिवारले ‘जाउा हिाड पोखरा’ का निर्देशक शोभित बस्नेतसाग सम्झौता गरेको थियो । सुरुको दिनमा बस्नेतले अप्रिल १२ सम्म चलचित्र तयारी गरी पठाउने प्रतिबद्धता गरे पनि अन्तिम समयमा आएर धोका दिएको स्याङ्जा परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिनुभयो ।

 

गुरुङ्का अनुसार हाल प्रदर्शन गर्न लागिएको चलचित्र ‘इच्छा’ पनि प्रेम कथा र हाास्य बिधालाई समायोजन गरिएको चलचित्र हो । अहिले नेपाली चलचित्रका दर्शक माझ छाएको हास्य विधामा चर्चित बन्न सफल नायक दयाहङ् राई, सुवास थापा र शिखा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

 

चलचित्रमा एउटा परिवारमा हरेक सदस्यको आ–आफ्नै इच्छा हुने कथा बस्तु समेत समेटिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

 

‘हाम्रो स्याङ्जा घर’ दिर्घ कालिन रुपमा सञ्चालन गर्ने र नयाा वर्ष २०७२ मा थकित मनलाई मनोरञ्जन दिने उद्देश्यले सोलको जोङ्गरो कुमिन ह्वोग्वान (दोङ्गदेमुन) मा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

 

‘इच्छा’ चलचित्र हेरि मनोरञ्जन लिन र संस्थाले सोलमा सञ्चालनमा ल्याएको ‘हाम्रो स्याङ्जा घर’ लाई सहयोग गरिदिनुहुन समेत परिवारले अनुरोध गरेको छ ।

 

एप्रिल १२ गते चलचित्र हेर्न जानको लागि लाईन नम्बर १. दोङ्गादेमुन स्टेशन, ३ नम्बर गेट र लाईन नम्वर १/६ दोङ्गम्यो स्टेशन गेट नम्वर ८/९ हुादै जान सकिने आयोजकले जानकारी दिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...