ताप्लेजुङ आगलागीको रकम कहा गयो?सहयोग रकमको पारदर्शी आधार के हो ?
ऐश्वर्य श्रेष्ठ,सोल- हाम्रो शरीरमा लागेको चोटहरुको खाटा समय बित्दैं जांदा बस्दैं जाला,ढलेका ती धराहरा अनि हजारौं सांस्कृतिक धरोहर पनि हामी ठडाउन सकौंला । बाटोघाटो,पुलपुलेसोहरु बनाउन सकिन्छ,बस्तीहरु नयां निर्माण गर्न सकिन्छ । पिडाको घाउले विक्षिप्ति भएका हाम्रा मनहरुलाई कसैंले एकछिन मलम लगाउदैंमा केहीबेर त सहज होला ।
बगीरहेको आंशु कसैंले पुछिदिंदा केहीबेर त आंशु रोकिएला तर हामीले गुमाएका ती कलकलाउदा हाम्रा छोराछोरी,माया गर्ने आफन्त,भोक लाग्दा मिठो-मसिनो बनाएर दिने आमा,विधालय,क्याम्पसको फिस तिरिदिने बाबा,संगैं जिउनेमर्ने कसम खाएका मायालु, निद्रा नलाग्दा कथा सुनाउनुहुने ठिट लाग्दा हाम्रा हजुरबा-आमा अब हामी कहिले भेटने छैंनौं, अनि यो संसारमा देख्ने पनि छैंनौं मात्र सम्झनाको तरेलीमा हावाजस्तैं तरंगित भएर मन मस्ष्तिकमा रहनुहुनेछ ।
हामीले आफनो मनलाई सान्त्वना दिनैंपर्छ किनकी हामी मान्छे भएकाले हामीलाई अझैं पनि आशा छ ।हाम्रो देशलाई हिजोको भन्दा राम्रो बनाउन सक्छौं ।मान्छे भएका नाताले हाम्रो सबथोक टुटे पनि हामी टुटनुहुदैंन ।हामी जीवित रहेका छौं त्यसैंले धेरैं दुखका अनुभुत गरेका छौं किनकी हामी मानिस हौं,हामीसंग संवेदनाका भावना छ । अरुलाई ठेस लाग्दा हामी पनि दुख्छौं ।हामी बुझछौं मान्छेको पिडा,भावना ।
यतिबेला नेपाल र नेपाली हामी दुखेर थिलथिलो भएका छौं ।हाम्रो घाउमा नुनचुक छर्नेहरु धेरैं छन् ।संसारका कुनाकुनामा छरिएका देश विदेशका नागरिकहरुले हामीलाई स्वत-स्फुर्त सहयोग गरीरहेका छन् ।तपाई, हामी पनि सहयोगी हातहरु लम्काइरहेका छौं हाम्रो देशको पिडामा मलम लगाउन ।
हामीले देश दुखेको बेला सकेको हरेक बखत प्रत्यक्ष -अप्रत्यक्ष सहयोग पुराएका छौं यो गर्वको विषय हो ।हामी नेपालीबीचको एकता हो ।यतिबेला ठुलो पिडाको घडीमा छौं हामी नेपाली । विना आशुका आखा शायदैं हामीसंग होलान् ।
हामी फेरी छौ र न दुःख छ। हामी छौ र न मुस्कान छ । दुखको बेला सधैं साथ रहने नेपालीको एउटा विषेशता हो ।त्यही भएर तपाई हामी यतिबेला जुटीरहेका छौं । २०७२ साल बैंशाख १२ गते विहान ११.५६ मिनेट जांदा ७.९ रेक्टर स्केलको आएको महाभुकम्पले नेपालमा ठुलो क्षति पुरायो, १० हजारको हाराहारीमा नेपालीले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते छन्,कयौं भोकभोकैं छन्,बास,कपास र बासको अभाव छ ।महारोग फैंलिने त्रास बढेको छ । पक्कैं पनि यो बेला तपाई, हामी विदेशमा रहेर पनि ठुलो सहयोग गर्न सक्छौं ।
यतिबेला कोरियामा रहेका विभिन्न संघसंस्थाहरुले आर्थिक तथा भौंतिक राहतहरु संकलन गरीरहेका छन् । कतिपय संघसंस्थामा तपाई हामी परोक्ष संलग्न पनि छौं तसर्थ कति साथीभाइले दोहारो रुपमा आर्थिक भार व्यहोर्नु भएको होला ।कयौं व्यक्ति, संस्थाहरुले यसरी उठाएका रकमहरु कसरी र कहां सदुपयोग हुन्छन् यो कुरा भने सबैंले थाहा पाउने अधिकार छ र पाउनु पनि पर्छ ।
विभिन्न समयमा आपतविपतमा कोरियामा रहेका नेपालीहरु एकजुट हुंदैं आएका छन् ।चैत्र महिनाको सुरुमा तप्लेजुङमा आगो लाग्यो राहत संकलनमा धेरैं संघसंस्था जुटे तर कुन कुन संघसंस्थाले के कति रकम उठाए अनि कहां बुझाए हालसम्म अत्तोपत्तो छैंन् । त्यसपछि सप्तरिमा अनि जाजरकोटको महामारी,त्यसपछि बैशाख १२ मा भुकम्पमा तपाई हामी जुटीरहेका छौं ।कसले कुन उद्देश्य लिएर किन रकम उठाउछ ? अनि कहां जान्छ त्यो रकम कसले लेखाजोखा गर्ने ।
रकम उठाउन लागेको र उठाउदैं गरेको भने सबैंले थाहा पाउछन् तर केही महिनापछि चकमन्न हुन्छ । प्रगति विवरणहरु आउदैंनन् । केही संघसंस्थाले पारदर्शिता देखाए होलान त्यो राम्रो कुरा ।जो जसले पारदर्शी ढंगले काम गर्नुभएको छ तपाईलाई साधुवाद । जसरी देश अनिन्त्रियत गतिमा नेताहरुले कुदाइरहेका छन् त्यसैंगरी तपाई हामीजस्ता राष्ट्रप्रेमी अनि समाजसेवी भनौंदाहरुले समाजलाई धुले रोडमा नकुदाएको राम्रो होला कि ।
पैंसा उठाउन ठुलो कुरो भएन दुई चार जनाका नाममा संस्था खोलेर । तर के के कामको लागी कति पैसा उठाइन्छ र कहाँ बुझाइन्छ ? जजसले सहयोग गर्नुभएको छ उहांले जान्न पाउने अधिकार छ र जान्नु पनि पर्छ ।
जसरी उत्साहको साथ नेपालमा गएको महाभुकम्पको नाममा धेरैं संघसंस्थाहरुले आर्थिक राहत संकलन गरीरहेका छन्, त्यसरी नैं पारदर्शी र जवाफदेही रहुन सम्पुर्ण संघसंस्था ।हामी चाहन्छौं बफादारिताका साथ सही ठाउंमा पारदर्शिताका साथ सबैं संघसंस्था तथा व्यक्तिहरुले उठाइएका रकमका सही तरिकाले सदुपयोग गरुन । देश बनाउने हामीले हो तसर्थ राष्ट्रप्रति सधैं बफादार बनौं ।