Advertisement
SKIP THIS

प्रथम मेची महाकाली कप मनांग एफ.सि. ले उचाल्यो। (फोटो फिचर)


सोल/कोरिया – प्रथम मेचीमहाकाली कप मनांग एफ सि ले उचालेको छ । गत मार्च २७ मा मेचीमहाकाली युनाइटेडले तोंग्दुछन फूटबलमैदानमा आयोजना गरेको एक दिवसीय फूटबल प्रतियोगितामा ट्राइ ब्रेकरमा धरान एफ सि लाई हराउदै प्रथम मेचीमहाकाली कप उचाल्न सफल भएको हो ।
धरान एफ सि संगको फाइनल खेलमा निर्धारित समय ५० मिनेट र थप अतिरिक्त समय १० मिनेटमा पनि नतिजा बराबरी भएपछि, खेल ट्राइ ब्रेकरमा गएको थियो । दुई जनाको पेनाल्टी शुट पोलमा लागेर बाहिरिए पछि धरान एफ सी बिजेता हुन बाट बन्चित भएको हो ।

12895252_1139009452797604_779792089_n
मनाङको यो जित संगै गत बर्ष को थुप्रै कपका बिजेता लमजुङ एफ सि को बर्चस्व अन्त्य भएको छ । लमजुङ एफ सि पनि मनाङ एफ सि संगै पेनाल्टी प्रहारमा चुकि प्रतियोगिताबाट बाहिरीएको थियो । मेचीमहाकाली युनाइटेडको पहिलो सस्करण “मेची महाकाली हामी सबै नेपाली” भन्ने मुलको नाराको साथ आयोजित प्रथम मेचीमहाकाली कपमा आयोजक दुई र अन्य ११ वटा गरि जम्मा १३ टिमको सहभागी भएका थिए ।

12915205_1139007649464451_1684474637_o
फाइनल खेल को समापन पछि बिजेता तथा उपबिजेता टोलिलाई कार्यक्रमको प्रमुख अथिति तथा नेपाल फूटबल महासंघ दक्षिण कोरिया अध्यक्ष ब्रो तमु(कृष्ण गुरुङ) , आयोजक कमिटीका खेल संयोजक साथै फूटबल महासंघको बरिस्ठ उपाध्यक्ष दिपक थापा, गैर आवाशिय नेपाली संघ NRN को वरिष्ठ उपाध्यक्ष ओमनारायण जुकजाली , महासंघकै उपाध्यक्ष प्रकाश लामा लगायतले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । आयोजकको तर्फबाट सहभागी सम्पुर्ण टिमलाई मायाको चिनो (TOKEN OF LOVE) प्रदान गरेको थियो ।

12919478_1139007672797782_365328602_o
नेपाली फूटबल खेलको बिकास,ब्याबस्थापन र खेलाडीहरुको एकताको निम्ति महासंघ गठनपछिको पहिलो आयोजना यो प्रथम मेचीमहाकाली कप पर्याप्त समयको अभावको बाबजुत अत्यन्तै सफल र सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समुदाय, नेपाल फूटबल महासंघ दक्षिण कोरिया, सहभागी सम्पुण टिम तथा दर्शकहरुलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

12915184_1139007636131119_786190301_o

फोटो – राजु गल्देन 

भाग्यशाली चिट्ठा नतिजा सार्बजनिक 
उक्त प्रतियोगिता दौरानमा भाग्यशाली चिट्ठा पनि खोलिएको थियो। खेलको अन्तिम समयमा खोलिएको उक्त चिट्ठा नतिजामा बिरु RG चिट्ठा नं – 001132 प्रथम, बिजय श्रेष्ठ चिट्ठा नं – 001040 दोस्रो, तास गुरुङ चिट्ठा नं – 001359 तेस्रो तथा अमृत राई चिट्ठा नं- 001231 योगराज लिम्बू चिट्ठा नं- 001847 र जिबन पुर्जा पुन नं 001832ले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।  चिट्ठा बिजेताहरुले एक महिना अर्थात २०१६ अप्रिल २७ सम्ममा आफ्नो सक्क्कली अर्धकटी सहित आयोजक संग छिटो सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको समय भन्दा पछाडी प्राप्त चिट्ठाले पुरुस्कारको दाबी गर्न नसकिने आयोजकले जनाएको ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...