Advertisement
SKIP THIS

विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै


दक्षिण कोरियामा जुलाई २० तारिख आइतवार “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुन लागेको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजनामा तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो।

उत्सवको रुपमा मनाइन लागेको यस कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सहकार्यको सेतु बन्ने अपेक्षा गरिएको छ।

हेवा स्टेशन (LINE 4) को EXIT 2 नजिक रहेको मरोनीय पार्कमा बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सांस्कृतिक सन्देशहरू प्रस्तुत गरिनेछ। विशेषगरी, बुद्ध नेपालमा जन्मिएको तथ्य र सगरमाथा संसारकै सर्वोच्च शिखर भएको गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा उजागर आयोजकले जनाएको छ। साथै, नेपाली कला, परम्परागत संस्कृति, लोकसंगीत, नृत्य, तथा पर्यटन प्रवर्द्धनमा आधारित विविध कार्यक्रमहरू पनि समावेश गरिने छन्, जसले सहभागीहरूलाई नेपालको सांस्कृतिक विविधता अनुभूति गराउनेछ।

यस कार्यक्रमलाई सफल बनाउन अन्य नेपाली संस्थाहरु नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजको विशेष सहकार्य र सहजीकरण हुनेछ।

यस कार्यक्रमले नेपाल–कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ, जहाँ सांस्कृतिक आदान–प्रदान र मित्रताको भावना मुख्य केन्द्रमा रहनेछ।

नेपाल सरकारका तर्फबाट महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले कोरियामा रहेका सम्पूर्ण नेपाली राजनीतिक संघसंस्था, जातीय संघहरू, प्रदेश तथा क्षेत्रीय समाज, विद्यार्थी संघ–संस्था, पत्रकारहरू लगायत सम्पूर्ण कोरियावासी नेपाली तथा कोरियन मित्रहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्। यो अवसरले नेपाल र नेपाली समुदायको गरिमा झल्काउने विशिष्ट अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...