Advertisement
SKIP THIS

कोरियामा हुण्डी प्रकरणको पर्दाफास यसरि भयो


यो लेख गत १५ तारिकदेखि बहस चर्चा क्रियाप्रतिकिया र खण्डन मण्डन भैरहेको हुण्डी प्रकरणको पर्दाफास कसरि भयो भन्नेमा केन्द्रित हुनेछ |

 

एनआरएन कोरियाका निर्बाचित सचिब सोगेन्द्र घलेले नेपाली कामदारको पसिनाले भिजेको करोडौं रुपैयाँ क्यासिनोमा हारेपछि फेरी एकपटक फेरी कोरियामा समाज सेवाको मखुण्डो ओडेर कालो धन्दा गरिरहेका राष्ट्रघाती मक्खिचुसहरुको अनुहार उदाङगिएको छ | यस अघि पनि समाज सेवाको आवरणमा अनेकौं कर्तुतहरु केहिले गर्दै आएका हुन् तर ती कति छिपाइए , कति लुकाइए | यसपटक भने लुकाउने नसकिने गरि पत्रकारहरुले छताछुल्ल पारि दिए |

 

गत सलनाल वरिपरी नै नेपाल सम्पर्क समिति र एनआरएनका एक पदाधिकारीले नेपाली कामदारले घर पठाउन लगाएको करोडौं रुपैयाँ तासमा हारेको एक कान दुई कान खास्स खुस्स चलेकै हो |यो बिषयलाई लिएर केहि झुण्डहरुबीच गोप्य रुपमा तर्कबितर्क भएको पनि हो | तर यसलाई बिस्तारै ढाकछोप गर्न सफल भएकैले सतहसम्म आउन पाएन | त्यति बेलादेखि नै घलेमा पनि तास र क्यासिनोको लत बस्दै गएको थियो | यो लत बसाइ दिने काममा नाम चलेका ब्यापारी र पदाधिकारीहरुको भूमिका थियो | उनीहरुकै लहै लहैमा घले लागेका थिए | क्यासिनोमा चीनिया र मंगोलियन केटिहरुसंग नारिने बानीमा नराम्ररी फसे | उनले त्यतिबेलै ३, ४ करोड वन क्यासिनोमा हारिसकेका थिए | सुत्रका अनुसार उनले त्यो पूर्ति गर्न नेपालबाट २५ लाख रुपैयाँ मगाएका थिए |

 

घलेको बेइमानी लतका बारे तुङदेमुनमा रहेका प्राय सबै ब्यापारीलाई थाहा थियो | तर यस्ता गम्भीर प्रकृतिका प्रकरणहरु भुसको आगो सल्के झैँ सल्किरहंदा पनि एनआरएन र एनसीसीका केहि जिम्मेवार व्यक्ति र पदाधिकारीहरु बिभिन्न कार्यक्रमहरुमा बिल्ला लगाएर आशन भाषण गर्दै हिडे | अघिपछि समाज सेवा र परोपकारको भाषण गरेर कहिल्यै नथाक्ने कुनै ब्यबसायीले पनि यो कुरालाई बाहिर ल्याउने हिम्मत कसैले गरेनन् | नेपाली कामदारको पसिनालाई आफ्नो नाफामा हिसाब गरिरहेका उनीहरुले बरु घलेको ग्राहक आफूतिर बढी ग्राहक तान्नमा व्यस्त थिए रे |

 

घलेले हुण्डी गरेबापत आफुले पाएको कमिसन र कामदारको पैसा सहित २९ करोड वन हारिसक्दा पनि तुङदेमुनका कुनै ब्यापारीले पनि उसंग व्यवहार नगर्नु भनेर कुनै कामदारलाई सचेत गराएनन् | बरु घले आफैले २,४ जनालाई फोन गरेर आफ्नो असली कर्तुत अवगत गराएका थिए | घलेको कर्तुत बारे पहिलो न्युज ब्रेक फोनिज कोरिया डटकमले गरेको थियो | पछि त्यसकै कपि गरेर अन्य न्युज पोर्टलले राखेका थिए | सुत्रका अनुसार घलेले १४ तारिक बिहानै पत्रकार महासंघका भूतपूर्व पदाधिकारीलाई सबै वृतान्त सुनाएको थियो | सुत्रका अनुसार घलेले अर्का पत्रकारसंग ‘आत्महत्या गरौँ कि के गरौँ’ भनेर ठाडो प्रश्न गरेका थिए | पत्रकारले आत्महत्या होइन कमाएर सबैको पैसा चुक्ता गर्न सुझाव दिएका थिए |

 

सुत्र भन्छ ती पत्रकारहरुले २४ घण्टा सोचे र अन्तत फोनिज पत्रकारलाई हिन्ट्स दिएका थिए | फोनिजले न्युज ब्रेक गर्यो | तुङदेमुनका ब्यापारीले गुमराहमा राख्न खोजेको हुण्डी प्रकरण छताछुल्ल पोखियो | समाजसेवाको नाम आशन भाषण भने पछि हुरुक्क हुने कथित परोपकारीहरुको अनुहार फेरी एक पटक उदांगो भयो |

 

यस प्रकरणले उठाएको बहसको छाल अझै स्थिर भएको छैन | सामाजिक संजालहरुमा एनआरएनप्रति कामदारहरु आक्रोश पोखिरहेका छन् | उसले निकालेको बिज्ञप्तिप्रति पनि आपत्ति जनाएका छन् | धेरैले एनआरएन हुण्डी गर्नेहरुको सस्था भनेर आरोप लगाए कै छन् | घले प्रकरणमा एनआरएनले चित्त बुझ्दो जवाफ र दायित्व पुरा नगरेको भन्दै उप्रति सर्बसाधारणको बितृष्णा बढ्दै गएको छ |

 

यस बिषयमा सामाजिक संजाल, कम्पनि, साथीभाई र केहि कार्यक्रमहरुमा भएका बहस, क्रिया प्रतिक्रियाहरु केवल सतहमा मात्र रहेका छन् | यो प्रकरणको नैतिक जिम्मा एनआरएन वा एनसीसीले लिनुपर्ने तर्क आएका छन् | झट्ट हेर्दा यो तथ्य लागे पनि कुराको अन्तर्य अर्कै छ | बिशेष गरेर हुण्डी प्रकरणको नैतिक जिम्मा राजनीतिक दलका प्रवास संगठनहरुले लिनुपर्छ | आवरण वा सारमा एनआरएन/एनसीसी देखिए पनि अन्तर्यमा राजनीतिक दलका संगठनको भूमिका प्रमुख छ | त्यसको प्रमाण एनआरएन /एनसीसी चुनाव ताका उनीहरुले गरेको हर्कतबाट पुस्टि हुन्छ | एनआरएन/एनसीसीमा पकड जमाएर राजिनीती फिटन गरेको हर्कत नै हुण्डी प्रकरणको जिम्मा ती संगठनले लिनुपर्छ भन्ने बलियो प्रमाण हो |

 

हुनत एमालेको भात्रृ संगठनले सबैभन्दा पहिला प्रेस बिज्ञप्ति निकालेर हुण्डी प्रकरणबाट चोखिन खोज्यो | उसको प्रेस बिज्ञप्तिले केहि सामान्य कामदारमा उ असल र इमान्दार छ भन्ने बुझे पनि होला | तर घलेलाई क्यासिनोमा पुर्याउने भूमिका कुनै केहि समय अघि सम्पन्न चुनावमा एमालेहरुले सपोर्ट गरेको उमेरद्वारले नै गरेको भन्ने खुल्न आएको छ | तिनै उमेरद्वार हुण्डीको नाइके पनि भनेर चिनिन्छन | चुनाव ताका ‘जनताको बहुदलीय जनवाद’ भन्दै कुर्लने पथभ्रष्ट एमालेजनको खाटी जनवाद कोरियामा देखिएको छ | त्यसपछि एमाओबादी संगठनले पनि प्रेस बिज्ञप्ति निकालेर झारा टार्न खोज्यो | कोरियामा यो संगठनलाई मार्ग प्रदर्शन गर्ने सल्लाहकार नै हुण्डी कारोबारी हुन् भन्ने सबैलाई थाहा छ | भाषणमा सर्बहाराको आधिनायकत्व र जनसत्ता स्थापित गर्न हुंकार मच्चाएका यी योद्दाहरुले हुण्डी जस्तो गैर कानुनि कारोबारीलाई कसरि माथमा बोकेर हिडेका छन् ? यो एउटा गम्भीर प्रश्न हो |

 

कोरियाको हुण्डी प्रकरणमा कांग्रेसीहरुको पोल अलि धेरै खोल्नुपर्ने हुन्छ | नेपाली कामदारले दिनरात रगत पसिना बगाएर कमाएको करोडौं रुपैयाँ घलेले क्यासिनोमा हानेर बेपत्ता भए पनि उनीहरु चुपचाप छन् | यो एउटा गुदी कुरा हो | घले तीनै असली कांग्रेसहरुको मतले एनआरएनको सचिबमा निर्बाचित भएका हुन् | एनआरएनको गत निर्वाचनमा घले कांग्रेसको कोरिया संगठन नेपाली जनसम्पर्क समितिको आधिकारिक उमेरद्वार थिए र जिते | त्यसैले प्रेस बिज्ञप्ति निकालेर खण्डन गर्नु भनेको आफ्नो यिनीहरुलाई शरम लाग्छ | कोरियाबाट हुण्डी गर्ने मध्ये सबैभन्दा धेरै कांग्रेसी जन भएरै यो काण्डको मौन समर्थन गरिरहेका छन् | अथवा पार्टीको १३ औं महाधिबेशनले भ्रष्टाचार अभियोगमा जेल सजायं भोगेका खुमबहादुरहरु हिरो देखिनुको प्रभाव पनि उनीहरुमा परेको हो ? | ‘कांग्रेसको उपमा भनेको भ्रष्टाचारिहरु जत्था हो त्यसैले यो पाटीमा भ्रष्टाचारलाई बैधानिक मान्यता छ |’ भनेर सामान्य नागरिकले बुझे पनि फरक पर्दैन | डन डाका प्रवृति यो पार्टीको सदस्यले हासिल गर्नुपर्ने योग्यता हुन् | नेपालका भ्रष्ट नेता मध्ये सबैभन्दा धेरै कांग्रेसी छन् | त्यसको प्रभाव कोरियासम्म पर्यो |

 

प्लेन हैज्याकीङ काण्डको उच्चारण गर्ने बितिकै कांग्रेसीहरु गर्बले नाक फुलाउछन तर यहि काण्डले यो पार्टीमा भ्रष्टाचार,नाताबाद कृपावादको बिउ रोप्यो भन्ने कमले बुझछन | प्लेन हैज्याकीङ योजनाको घोर बिरोध प्रदीप गिरिहरुले गरेका थिए | गीरीले त्यो काण्डमा सलग्न भएकालाई ‘गर्नै नहुने काम गर्नुभयो । अब बर्बाद हुन्छ । यिनीहरू पैसा पाए पछि मनपरी गर्न थाल्छन् । पार्टीमा अन्तरद्वन्द बढ्छ भनेका थिए | पछि गिरीकै भनाइ पुस्टि भयो | प्लेन हैज्याकीङबाट आएको पैसा कोइराला परिवारले जग्गा गाडी किने | पारिवारिक प्रयोजनमा खर्च गरे | यस्तो पृष्ठभुमि भएको पार्टीका कार्यकर्ताले जनताको पसिना क्यासिनोमा हानेर बेपत्ता हुनु ठुलो कुरा होइन भन्ने देखियो |

 

वास्तवमा नेपाल बिकसित नहुनुको मुख्य कारण खराब राजनीति नै हो | यसलाई सुधार्नेबारे अहिलेको युवा सचेत हुन जरुरि छ | राष्ट्र र समाजको सन्तुलित र समृद्ध विकास गर्न एनआरएन / एनसीसी वा कुनै सस्थाको खोल ओडेर आएको छ भने त्यसलाई राम्ररी चिन्नुपर्छ | त्यसो भए मात्र सोगेन्द्र घलेहरुले ठग्न पाउदैनन | www.hotpati.com

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...