Advertisement
SKIP THIS

प्रथम मेचीमहाकाली कपको सम्पूर्ण तयारी पुरा (टाईशीट सहित)


सोल/कोरिया- प्रथम मेचीमहाकाली कपको सम्पूर्ण तयारी पुरा भएको मेचीमहाकाली युनाईटेड(MMUFC)दक्षिण कोरियाले जनाएको छ ।

 

यही आउदो मार्च २७ तारिख आयोजना गर्न गईरहेको प्रथम मेचीमहाकाली कपको गत मार्च २० तारिक नेपाल फूटबल महासंघ दक्षिण कोरियाको रोहबरमा टाईशीट प्रकाशित गरिसकेको छ ।  प्रतियोगितामा आयोजकटिम २ सहित कुल १३ टिमको सहभागी हुने भएको छ । बिजेता लाइ १० लाख वोन र उप बिजेतालाइ ७ लाख वोन नगद राशीको साथै ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिने छ। खेल बिहान ८ बजेबाट संचालन गरिने र तोकिएको समयमै उपस्थित भै खेल लाइ छिटो छरितो तरिकाले सम्पन्न गर्न सहयोग गरिदिनुहुन संपुर्ण खेलाडीसाथीहरु लाइ हार्दिक अपिल गरेको छ ।

खेलको  नियम तल उल्लेखित गरिएको छ।

१.टिम दर्ता गर्दा टिम मेनेजर सहित १६ जना खेलाडीको नाम दिनु पर्नेछ ।
२. प्रत्येक खेल ५० मिनेटको हुनेछ ।
३. प्रत्येक खेलमा पहिलो हाफ २० मिनेट, दोश्रो हाफ २० मिनेट तथा रेस्ट समय १० मिनेट को हुनेछ ।
४. खेल फिफा को नियम अनुसार खेलाइनेछ ।
५. टिम दर्ता शुल्क ३ लाख वोन लाग्ने छ ।
६. खेल बराबरी भएमा पेनाल्टी मार्फत विजेता को घोषणा गरिनेछ ।
७. प्रत्येक टिमले ५० हजार वोन डिपोजिट राख्नुपर्नेछ ।
८. खेलमा पहेंलो कार्ड पाएको खण्डमा १० हजार वोन तथा रातो कार्ड पाएको खण्डमा २० हजार वोन कट्टागरि बाकी रकम फिर्ता गरिनेछ ।
९. खेलको लागि चाहिने ड्रेस,जुत्ता तथा अन्य सामाग्रीहरु अनिवार्य आफै ब्यवस्था गर्नु पर्नेछ । जर्शीमा खेलाडी नम्बर स्पष्ट देखिने हुनुपर्नेछ ।सबै खेलाडीको मोजा एउटै रंगको हुनुपर्नेछ ।
१०. नेपाली वाहेक अन्य देशको खेलाडी समावेश गराउन पाउने छैन ।
११ . खेलमा सामान्य विवाद भन्दा वाहेक अन्य हात हालाहालको स्तिथि आएमा अवस्था हेरी कारबाही गरिनेछ ।
१२. खेल मैदान भित्र खेलखेल्ने क्रममा उश्रृङखल गतिविधि गर्ने खेलाडी वा टिमलाई स्वत खारेजी गरिनुको साथै अर्को खेलमा भाग लिन समेत पाउनेछैन ।
१३ . रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ ।
१४. खेल संयमतापुर्बक खेल्न अनुरोध गरिन्छ यदि खेल खेल्दा खेल मैदानमा कुनै दुर्घटना हुनपुगेमा यसको सम्पूर्ण जिम्मेवारी टिम आफैले लिनुपर्नेछ।
१५. खेलाडी को नामावोली सहित खेल शुरू हुनु भन्दा १० मिनेट अगावै खेल मैदान मा उपस्थित हुनुपर्ने छ ।

खेलको टाईशीट 

12516107_1130434840321732_1938517481_n
सम्पर्क व्यक्तिहरु :
दिपक थापा : PH- 01036053293

नबिन कार्की 01028991242

नोट, तोकिएको समयको १० मिनेटसम्म पनि उपस्थित नभएमा अर्को टिमलाई वाकओवर(WALK OVER) दिइनेछ ।
पुनश्च : टाढाको टिमलाई मध्यनजर गर्दै तोंदुछनको तिनओटै मैदानमा खेल खेलाउन सकिने छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...