फरार हुण्डीदलाल घलेबिरुद्ध ३४ जनाको उजुरी
सोल – कोरियामा रहेका नेपाली मजदुरहरुको २ करोड ९० लाख रुपैया अबैध हुण्डी मार्फत उठाएर फरार भएका सोगेंद्र घलेबिरुद्ध ३४ जना पीडितले उजुरी दर्ता गरिएको छ |
किम्हे प्रहरी कार्यालयमा गएर निज उपर कारबाही गरि पाउ भनि २७ जना पिडित नेपालीले उजुरी दर्ता गरेका हुन् | त्यसतै ७ जना पीडितले किम्पो प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको एक पीडितले जानकारी दिए |
एक पिडित नेपालीले फोनिज कोरियासंग कुरा गर्दै सोलस्थित नेपाली दुताबासमा पनि निवेदन दिने तयारीमा रहेको र सम्भवत भोलि दिने बताए | फरार घलेको नाम ईन्टरपोलको ब्ल्याक लिस्टमा पनि राख्ने पहल भएको अर्का पिडित नेपालीले जनाए |
उनि अहिले भागेर भारतमा पुगेको केहि कामदारको भनाइ छ |