कोरियामा कन्चनपुरका मोहनले पनि झुण्डीएर आत्महत्या गरे
सोल-कोरियामा झुण्डिएर आत्महत्या गर्ने संख्या बढीरहेकै बेला आइतबार नै मोहनसिं पालले आफ्नै कम्पनीमा झुण्डिएर आत्महत्या गरेका छन् |ईपीएस मार्फत ९ महिनाअघि आएका उनि आइतबार बिहान १० बजेतिर कम्पनीमै झुण्डीएर मृत भएको अवस्थामा भेटिएका हुन् |
पाल ख्यांगीदो आनसङ क्षेत्रमा रहेको कार्टन बक्स बनाउने कम्पनि कामदार हुन् |
संगै काम गर्ने पाँचथरका दिपक रेग्मीका अनुसार उनले शनिबार बेलुका बजारमा मदिरा सेवन गरेर आएका थिए | आईतबार बिहान कोठामा नभेटिए पछि खोजि गर्दा कम्पनि भित्र फलामको बिमामा झुण्डिएर मृत भइसकेको अवस्थामा भेटिएको थियो |
पालले आत्महत्या गर्नुको कारण खुलेको छैन | उनले सुसाइट नोट लेखेका छैनन् |
साथिभाई संग उनको सम्बन्ध राम्रो भएका र घरमा धेरै फोन गरिरहने पालको कम्पनीमा कुनै समस्या नभएको पनि रेग्मीले जनाए | ३४ बर्षिय बिबाहित पालका ४ छोराछोरी छन् |
घटनाको जानकारी परिवारलाई साथीहरुले दिएका छन् |
घटनाबारे औपचारिक जानकारी आइ नसकेको सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी अनिल गुरुङले बताए | हिजो आइतबार र आज महाशिब रात्री भएकाले दुताबास खुलेको छैन |