Advertisement
SKIP THIS

कोरियाको रोजगारीमा ९१ नेपालीको मृत्यु


निकुञ्ज तिवारी

सउल– नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ९१ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण निधन भएको छ ।

सउलस्थित नेपाली दूतावासका अनुसार सन् २०१४ मा ८ जना र २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दूतावासको तथ्यांकमा मृत्युको कारण आत्महत्या, कम्पनी दुर्घटना, हृदयघात र कारण खुल्न नसकेको उल्लेख छ ।
गत वर्षको वर्षको जनवरीमा एकजनाले ज्यान गुमाएका थिए । १९ तारिखमा पर्वतका ३२ वर्षीय रेशम थापामगरको हृदयघातका कारण मृत्यु भएको थियो । फेब्रुअरीमा ४ जनाले ज्यान गुमाएका थिए । यसमध्ये ३ जनाको आत्महत्या हो भने एकजनाको कारण खुल्न सकेको छैन ।

५ तारिखमा खोटाङका ३५ वर्षीय जयकुमार राई, २० तारिखमा छबिलाल भण्डारी, २३ तारिखमा तेजराज खरेल र २७ तारिखमा अर्जुन अखेलीको मृत्यु भएको थियो । मार्चमा सुरेश नेपालीले आत्महत्या गरेका थिए । अप्रिलमा भने त्यस्तो घटना भएन ।

मेमा ४ जना नेपालीले ज्यान गुमाएका थिए । १६ तारिखमा अतिउल्ला खान र हरि सुवेदीको कम्पनी दुर्घटनामा परी निधन भएको थियो । त्यसैगरी १८ तारिखमा रामहरि बरालले आत्महत्या गरेका थिए भने २९ मा मोतिलाल लिम्बुको हृदयघातका कारण निधन भएको थियो ।

जुनमा २ जनाले आत्महत्या गरे । ३ तारिखमा अनिल भट्टराई र २९ मा सचिक श्रेष्ठले आत्महत्या गरेका थिए । जुलाइमा ३ नेपालीले ज्यान गुमाएका थिए । कम्पनी दुर्घटनामा परी गान्धिराज खतिवडाको र मृत्युको कारण खुल्न नसकी भुमेश्वर गुरुङको निधन भएको थियो । एकजना नेपालीको हत्या भएको थियो । अगस्टमा विरेन्द्र चौधरीको हृदयघातका कारण निधन भएको थियो । सेप्टेम्बमा प्रदिप भट्टले आत्महत्या गरेका थिए । अक्टोबर र नोभेम्बरमा मृत्युका घटना भएनन् ।

डिसेम्बरमा ३ जना नेपालीले विभिन्न कारण ज्यान गुमाएका छन् । १८ तारिखमा नुवाकोटका बलराम लामिछानेको हृदयघातका कारण, २६ मा मोरङ उर्लाबारीका बाबुराम पोखरेलको कम्पनी दुर्घटनामा र १५ मा काभ्रे कोशीपारिका मञ्जिल पहरी कारण खुल्न नसकी मृत भेटिएका थिए । कोरियामा करिब ३४ हजारको हाराहारीमा नेपालीको बसोबास छ ।

दूतावासको तथ्यांकअनुसार पछिल्ला ९ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । दैनिक कामको ओभरलोड धेरै र सुताइ वा आराम गर्ने समय थोरै भए क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइमात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।

कोरियाको थेगुस्थित थेगु दोङसान अस्पतालमा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशीले दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक रहेको सुझाव दिए । आत्महत्या भने डिप्रेसनका कारण हुने गरेको छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको दूतावासको भनाइ छ । कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन, नियमित स्वास्थ जाँच नगराउनु आदि पनि मृत्युको कारण हुने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...