Advertisement
SKIP THIS

नेपाली दूताबासले भूकम्पपीडित सहयोगीलाई सम्मान गर्ने


सोल-नेपाली राजदूतावास, दक्षिण कोरियाले गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भुकम्प पिडीतहरुकालागि राहत कार्यमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

 

राहत कार्यमा नेपाली राजदूतावास मार्फत नगद, जिन्सी तथा औषधी लगायत सहयोग गर्ने सहृदयी कोरियाली तथा नेपाली संघ संस्था तथा महानुभावहरुलाई सम्मानपत्र गर्न लागिएको हो | सम्मान ग्रहण गरी दिन दूताबासले सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।

 

सोही अवसरमा नै ‘सुरक्षित लगानी तथा बिप्रेषण’ सम्बन्धी एक  जानकारीमूलक प्रस्तुती तथा कोरियामा कार्यरत ईपिएस कामदारहरुका लागि उपयोगी ‘कोरियाली श्रम कानून’को बिषयमा केही जानकारीमूलक प्रस्तुती गरिने कार्यक्रम समेत राखिएको छ ।

 

 

सो कार्यक्रममा कोरियामा रहेका  विभिन्न् संघ संस्थाका प्रतिनिधिज्यूहरु, कोरियामा रहेका नेपाली कामदारहरु, बिद्यार्थी, पत्रकार, महिला दिदीबहिनी, व्यवसायी, राजनैतिक दल तथा विभिन्न् क्षेत्रिय, जातीय तथा जिल्ला सम्पर्क समितिका पदाधिकारीज्यूहरु लगायत ईच्छुक सबैलाई उक्त कार्यक्रम उपस्थित भई कार्यक्रमबाट लाभावन्तित हुन नेपाली राजदूतावासले अनुरोध गरेको छ  ।

 

तपसिलः

समय- दिनको ठीक १ बजे (सुवन)

मिति – ६ मार्च ( आईतबार)  २०१६

स्थानः 887 Jeongjo-ro, Paldal-Gu

Suwan-Si ( Education hall)

수원시 팔달구 정조로 887 (수원시예절교육관)

(छांगआन मुन व्हा होंगमुन बस स्टेशन नजिक ( सुवन सब वे स्टेशनको गेट नम्बर ४ नजिकबाट बस नम्बर 11,13, 13-3, 36, 39  चढेर छांगआन मुन व्हा होंगमुन बस स्टेशनमा ओर्लने )

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...