कोरियाका नेपाली चेलीद्वारा विद्यालयलाई सहयोग
काठमांडौ -नेपाली चेली समाज दक्षिण कोरियाले नेपालको एक विद्यालयमा स्टेशनरी सामाग्री सहयोग गरेको छ । सोलुखुम्बु जिल्लाको मुक्ली गाविस भुमेस्थान स्थित वीरेन्द्रोदय उच्च माध्यमिक विद्यालयमा सो सामग्री प्रदान गरिएको हो ।
गत आइतबार सोही विद्यालयको प्रागंनमा एक कार्यक्रम आयोजना गरी पाँच सय कपि र कलम साथै एक एक थान फूटबल र भलिबल प्रदान गरिएको हो ।
कार्यक्रममा चेली समाजको तर्फबाट कपि कलम र नेपाल कोरिया संस्कृतिक केन्द्रबाट खेलकुद साम्रगी र केक दुनट वितरण गरिएको थियो । साथै कोरियन कवि किम ह्योङ ह्योद्धारा लिखित बालकथा र कविता संग्रह साथै मञ्जु गुरुङको कोरियाको यात्रा संस्मरण कर्म घरमा एक चक्कर नामक पुस्तक विद्यालयका प्राधान अध्यापक दिलकुमार राईलाई हस्तान्तरण गरिएको थियो ।
गत वर्ष कोरियामा स्थापना भएको कोरियाली नागरिकसंग विवाह गरेकी नेपाली चेलीहरुको संगठन क चेली समाजले शुरुवात स्वरुप पहिलोपटक विद्यालयमा सहयोग गरेको हो ।
चेली समाजकी महासचिव बालाचन्द्र राई विवाह गरी कोरिया गएको पाँच वर्षपछि पहिलो पटक आप्mनो जन्म स्थान मुक्ली पुगेको बेला आपैmले अध्ययन गरेको विद्यालयमा सहयोग गरेको हो ।
छोरी विवाह गरी विदेश पुगे पनि आप्mनो जन्म थलोलाई कहिलै भूल्न नसकिने र आप्mनो देशको लागि केही गर्न सकिने सन्देशस्वरुप सहयोग प्रदान गरिएको चेली समाजकी अध्यक्ष मञ्जु गुरुङले जनाइन ।