थेगुमा स्वर्गीय पूर्ब प्रधानमंत्री तथा कांग्रेस सभपतिको श्रद्धान्जली सभा सम्पन्न


सोल-जनसम्पर्क समिति दक्षिण कोरिया थेगु क्षेत्रीय समितिले पूर्ब प्रधानमंत्री तथा कांग्रेस सभापति स्वर्गीय श्री शुशील कोइरालाको श्रद्धान्जली सभा सम्पन्न गरेको छ । जनसम्पर्क समितिका कार्यवाहक सचिव विजय सापकोटाले कार्यक्रम संचालन गरी उक्त कार्यक्रमका सभापति नारायण अधिकारीले कार्यक्रम लाई समापन गरेका थिए ।

 

कार्यक्रमा निकै भावुक मुद्रामा बोल्दै सभापति अधिकारीले असल र इमानदार राजनेताको निधनले सिंगो देश तथा नेपाली कांग्रेस पार्टीलाई अत्यन्त क्षति पुगेको र कोइराला जस्ता लोकतन्त्रका धरोहर, अविवाहित र विचारका महान् नेता अब नेपालमा बिरलै आउने बताएका थिए।यसै कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा इपिएस युथ नेपालका संयोजक आङ दोर्जे शेर्पाले आफू कुनै राजनितीको पक्षमा नरहे पनि देशले असल इमानदार पूर्वप्रधानमन्त्रि तथा नेपालको संविधान 2072 पिता गुमाउनु पर्दा आफू अत्यन्त दुखि भएको बताए।

 

मौनधारणबाट सुरु भएको सभामा अन्तिममा ओखल ढुङ्गा सेवा समाजका अध्यक्ष तथा जनसम्पर्क समिति थेगुका सल्लाहकार मान सिंह गरुङ्ले आफुले स्व. सुशिल कोइराला संग भेटेको अनि उहाँले राम्रो सल्लाह दिएको भन्दै आफ्नो विगतको हन्डर ठक्कर बताउँदै सबैलाई भावुक बनाएका थिए।कार्यक्रमा विभिन्न संघसस्थाका प्रतिनिधको उपस्थितिका साथ सबैले दुखित मुद्रामा श्रद्धान्जली दिएका थिए।

 

कार्यक्रम निकै नै शान्तमय वातावरणमा सकिएको जनसम्पर्क समीती उप सभापति थेगु तथा उल्सान सम्पर्क समीती अध्यक्ष महेस राना ज्यूले फोनिज कोरियालाई बताउनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...