Advertisement
SKIP THIS

दक्षिण कोरियामा हमला गर्न किम जोङ्गको आदेश


सिओल -उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् । दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।
समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ । एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् ।

 

 

यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ । सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियामा गोलाबारी गरेको थियो । त्यो बेला चारजना दक्षिण कोरियाली नागरिक मारिएका थिए ।

 

 

त्यसैगरी सन् १९८७ मा दक्षिण कोरियन यात्रुजहाजमा आक्रमण गरि उत्तरले ११५ मानिसको ज्यान लिएको थियो । एनआईएसले दिएको चेतावनीमा उत्तर कोरिया, एन्टी-प्योङ्गयाङ्ग एक्टिभिस्ट्स र डिफेक्टर्सका साथै सरकारी अधिकारीहरुलाई लक्षित गरि आक्रमणको तयारीमा जुटेको हो ।

 

 

अमेरिकी बम वर्षक जहाज एफ-२२ ले दुबै देशको हवाई सीमामाथि उडान भरेपछि दक्षिण कोरियामाथि हमलालाई लिएर उत्तर कोरियाको यो टिप्पणी आएको हो । समाचार अनुसार अमेरिकाको यो हवाई उडान सिधै उत्तर कोरियालाई चुनौती थियो । अमेरिकाले दुई कोरियाको सीमानामा उडाएका एफ-२२ राडारको सम्पर्कमा आउँदैनन् । यी लडाकू विमानलाई सिओलदेखि उडाएर ओसानको बेसमा उतारिएको थियो ।

 

 

उता अमेरिकी राष्ट्रपति बाराकले ओबामा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गरेका छन् । व्हाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले शुक्रबार यो जानकारी दिएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...