बिराट सांगीतिक सौगात कार्यक्रमका लागि कलाकारहरु कोरियामा |
सोल – डाइनामिक मोरङ कमिटि दक्षिण कोरियाद्वारा यहि सलनाल २०१६ फेब्रुअरी ७ तारिख आइतबार हुने बिरात सांगीतिक सौगात कार्यक्रमका लागि कलाकारहरु सनिबार कोरिया आइपुगेका छन् |
सांगीतिक सौगातका लागि किंग अफ् नेपाली पप भनेर चिनिने चर्चित पप गायक धिरज राई ,चर्चित आधुनिक गायिका तथा मेलोडी क्विन मिलन अमात्य ,बहुचर्चित आधुनिक गायक शिब परियार , सफल गायक तथा नायक बाबु बोगटी,हट नायिका तथा मोडल माला लिम्बु र चर्चित हास्यब्यङ्ग कलाकार द्वय सागर लम्साल (बले ) र हरि निरौला (कक्रोच) आफ्नो धमाकेदार प्रस्तुतिका लागि कोरिया आएका हुन् |कलाकारहरुलाई स्वागत गर्नका लागि डाइनामिक मोरंग कमिटिका अध्यक्ष जिबन थापा , निबर्तमान अध्यक्ष तथा सल्लाहकार डा. देवी बहादुर बस्नेत ,पूर्व अध्यक्ष तथा सल्लाहकार टंक बानिया, सल्लाकार नबराज सिवाकोटी र अन्य सदस्य तथा पदाधिकारीहरु इन्छन अन्तरास्ट्रिय विमानस्थलमा पुगेका थिए |
नेपालका असामान्य बालबालिकाका लागि सहयोग गर्ने उद्देश्य राखेर आयोजना गर्न लागिएको सांगीतिक सौगात २०१६ फेब्रुअरी ७ तारिखका दिन सौलको संबुक शहरको संबुक कुमिन यसंग ह्वेग्वानमा अर्थात् गत चुसकमा गोर्खा परिवारले आयोजना गरेको हलमा आयोजना गरिने जनाइएको छ|
कार्यक्रम हलमा जाने तरिका ट्रेन लाइन नम्बर ४ हान्संग दे इब्गु गेट नम्बर ६बाट निस्केर १ नम्बरको माउल बसमा चढी एक स्टेसनमै झरेर पुगिने छ वा पैदल करिब १० मिनेट लाग्नेछ|तुन्देमुनबाट बसको पनि व्यवस्था गरिएको छ |
कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल बनाउन सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रम स्थलमा आएर मनोरंजन सहित आ -आफ्नो ठाउँबाट आर्थिक भौतिक र नैतिक सहयोग गरिदिनु हुन् अध्यक्ष जिबन थापाले बिनम्र अनुरोध गरेका छन् |