Advertisement
SKIP THIS

सेतिमादी साँस्कृतिक कार्यक्रमका कलाकारहरु कोरियामा आइपुगे|


सौल –

तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्वारा यहि सलनाल  २०१६ फेब्रुअरी ८ तारिख सोमबारका दिन  आयोजना हुने सेतिमादी साँस्कृतिक कार्यक्रम भाग १ मा आफ्ना प्रस्तुतिका लागि चर्चित नेपाली  कलाकारहरु सनिबार  कोरिया आइपुगेका छन् |

साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरु चर्चित पप गायक सुगम पोख्रेल,चर्चित पप तथा आधुनिक गायिका मेलिना राई, चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र हास्यब्यङ्ग कलाकारमा कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे (पांडे) आएका छन् भने रामजी खाण आइतबार आउने भएका छन् |कलाकारहरुलाई स्वागत गर्नको लागि इन्छन विमानस्थलमा तनहुँ सम्पर्क समितिका अध्यक्ष जगत थापा ,साँस्कृतिक कार्यक्रम संयोजक ललित थापा मगर ,उप संयोजक हमन थापा मगर ,सल्लाहकार गिरिराज कुँवर ,सचिब सुनिल मल्ल लगायतका पदाधिकारीहरु पुगेका थिए |

setimadi kalakar in korea

“ आपसी मेलमिलाप ,सद्भावना र सहभागिता आजको एकता नै प्रबाशीको आबश्यकता ” भन्ने मूल नारा सहित आयोजना गरिने साँस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भने तनहुँ जिल्लाको शिक्षा र स्वाश्थ्य क्षेत्रमा सहयोग गर्ने रहेको छ|

सेतिमादी सांस्कृतिक कार्यक्रम २०१६ फेब्रुअरी ८ तारिखका दिन सौलको दोंग्देमुन शहर नजिकै जोंग्नो ओ गा मा रहेको  फेकजु गीन्यम ग्वानको  हलमा अर्थात् गत छुसकमा म्याग्दी समाज समितिले आयोजना गरेको स्थानमा हुने भएकोछ|सबै विधाका चर्चित कलाकारहरुको जोडदार प्रस्तुति हुने कुरामा आयोजकले पूर्ण विश्वास गर्दै कोरियाबासी सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल पारिदिनु हुन कार्यक्रम  संयोजक ललित थापा मगरले अनुरोध गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...