म्याग्देली चेलिको नेहा (योरुना) पुनको हत्यारालाई कडा कारबाही गर्न म्याग्दी समाज समिती दक्षिण कोरियाको माग


 

सोल – म्याग्दीको चिमखोला गाउँकि १९ बर्षिया नेहा पुनको गत मंगलबार पोखरा नयाँ गाउँ स्थित उनको निवास छेउमा शव फेला परेको र रहस्यमय बनेको यो हत्या आज ४ दिन बितिसक्दा पनि सत्य तथ्य पत्ता लगाउन नसक्दा हामी दुखी छौ।म्याग्दी समाज समिती दक्षिण कोरिया यो हत्याको घोर बिरोध गर्दै तलको बिज्ञप्ती मार्फत हत्यारा पत्ता लगाइ कडा भन्दा कडा कारबाही को जोडदार माग गर्दछौ।

 
बिज्ञप्ति

 
मगर चलचित्र कि नायिका तथा म्याग्देली चेली नेहा पुन मगरको हत्या गरिएको घटनाले हामी सम्पुर्ण कोरियाबासि म्याग्दीलि तथा नेपाली समुदाय स्तब्ध छौ।हत्यारा जो सुकै भएपनी प्रशासन समक्ष कडा भन्दा कडा कारबाही को माग गर्दछौं ।पोखरा जस्तो सहरमा दिन दाहडै भएको यो हत्या प्रकरण ले आम पोखरेली दिदिबहिनीहरु असुरक्षित छन भन्ने पुष्टि भएको छ।

 

 

हत्या भएको यतिका दिन बित्दा पनि लाचार प्रशासन र कमजोर सुरक्षा संयन्त्र को कारण हत्याराहरु कानुन को दायरा बाहिर छ्न।यो अवस्थामा नेपालको सुरक्षा प्रशासन समक्ष नागरिक को बाच्न पाउने अधिकार सुरक्षीत गर्न जोडदार माग गर्दछौं साथै नेहाको हत्याको घटनाले आम नागरिकमा त्रास निम्त्याएको ले शान्ति सुरक्षा को प्रत्याभूति दिलाउन कास्की सुरक्षा प्रशासनसमक्ष जोडदार माग गर्दछौ।नेहा पुनको हत्याको बिरोध उत्रिएका सम्पुर्ण समुदाय प्रति सहमती जनाउँदै हाम्री चेली को यो बीभत्स हत्याको घोर आपत्ति जनाउदै पुन सुरक्षा प्रशासन लाई छिटोभन्दा छिटो दोषी सार्बजनिक गरि कडा भन्दा कडा कारबाहिको माग गर्दछौ।

 

 
म्याग्दी समाज समिती
दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...