Advertisement
SKIP THIS

जापानमा सोनाम ल्होछारको तयारी अन्तिम चरणमा


चसिला तामाङ / टोक्यो – तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५२ टे/ मकर ल्हो (बाँदर बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न लागिरहेको “सोनाम ल्होछार २८५२ सांस्कृतिक कार्यक्रम २०१६ को तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष कर्म वाङ्गेल लामाले बताउनु भएको छ ।

 

    जापान तामाङ् समाजले बिगतको बर्षहरुमा पनि बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा यो बर्ष  ईतिहास मै पहिलो चोटि केन्द्रिय समितिको समन्वयमा एकै चोटि जापानको विभिन्न तीन शहरमा ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको समाज ले जनाएको छ |

 

जसनुसार फेब्रुवरि ९ मा फुकुओकाको रुम्स हलमा बेलुकी ६ बजेबाट,फेब्रुवरि १४ मा नगोयाको सुम्निमा रेस्टुरेन्टमा दिउसो २ बजेबाट र फेब्रुवरि २१ मा टोक्योको कुखाइदो हल एकेबुकोरोमा बेलुकी ५ बजेबाट हुन गइरहेको छ  उक्त सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा उपस्थित भइ आफ्नो सस्कर र संस्कृति जोगाउन सहयोग गरि कार्यक्रमलाई सफल बनाउन जापानमा रहनुहुने सम्पुर्ण तामाङ लगाएत अन्य समुदायको नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई आयोजकले निमन्त्रणा समेत गरेको छ । 

 

नेपालबाट चर्चित युबा गायक/संगीतकार विश्व दोङ र सेलो गायिका शशिकला मोक्तान को साथमा जापान मै रहेका स्थानिय गायक एबं गायिकाहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रम अहिलेसम्मकै फरक अनि सभ्य र भभ्य हुने आयोजकको दाबी रहेको छ ।  आफ्नो संस्कृति र नेपाललाई चिनारी दिनको लागि उक्त कार्यक्रममा सम्भब भए सम्म आफ्नो जातिय पोशाकमा उपस्थित भैदिनुहुन आयोजकले सम्पूर्ण जापानबासी तामाङहरुलाई आग्रह समेत् गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...